- आन्छुमे नसान
असोज १७, माङसेबुङ । गायक तानाम तान्छो लावती र गायिका दीपा सुहाङ लिम्बूको आवाजमा लिम्बू गित ‘मिघम्ब’ सार्वजनिक गरिएको छ ।
ललितपुर सोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङ हिममा आयोजित कार्यक्रममा प्रेमहाङ्सेम लावतीको शब्द, संगीतमा सजिएको लिम्बू सचेतनामुलक गित ‘मिघम्ब’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अ.प्रा. मेजर जनरल तथा पाँचथर समाज काठमाडौका अध्यक्ष होम कुमार लावती र विशेष अतिथि कलाकार, समाजसेवी पुर्ण सेलिङले मिघम्बलाई संयुक्त रुपमा स्विच दबाएर सार्बजनिक गरेका थिए ।
निर्देशक दिनेश माङमुको कोरियोग्राफी तथा निर्देशनमा सुमन तामाङको छायांकन, अनिल रानाको सम्पादन गरेको भिडियोमा तानाम तान्छो लावती, प्रेम हाङसेम लावती, निशा लिङ्दमले अभिनय गरेका छन् । भिडियोमा पदम लावती र टेक लावति निर्माता रहेका छन् ।
बर्षौदेखि दबिएका आवाजहरुलाई आगोको ज्वाला झैं उठाउँनु पर्छ, परिवर्तनको सोचलाई आगोको ज्वाला झैं उठाउँनु पर्छ भाषा, लिपी, संस्कार, संस्कृति र अस्तित्वको लागि जनचेतना फैल्याउँदै एक जुट भएर अघि बढ्नु पर्छ, अनिमात्र उठ्न सक्छौं, जाग्न सक्छौं भन्ने सचेतनामुलक गितको भिडियोमा निश्चल कुलुङ राईको कला संयोजन तथा कृष्ण सुबेदीको श्रृंगार रहेको छ ।
टेकेन्द्र याक्सोको संगीत संयोजनमा सागर स्टुडियोमा दिप घतानीले रेकर्ड गरेको गितमा विवस नेम्बाङ, सुनिता संयक लिम्बू र शिव सम्बाहाम्फेको समेत आवाज रहेको छ ।
पाँचथर जिल्लाको कुम्मायक, कुस्सायक, माङहिम, सुब्जानि गाउँ लगायत अत्यन्तै ऐतिहासिक र रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो तानाम तान्छो लावती अफिसियल युट्युब च्यानबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…