असोज १८, माङसेबुङ । अध्यक्षमा दूध बहादुर लाओतीलाई चयन गर्दै माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा तथा सातांै अधिवेसन सम्पन्न भएको छ ।
माङसेबुङ ५ स्थित सामुदायिक भवनमा बिहिबार दूध बहादुर लाओतीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्दै सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा तथा सातौं अबिधेसन सम्पन्न भएको हो ।
मनकुमार आङबुहाङको संयोजकत्वमा गठित निर्वाचन उपसमितिद्वारा निर्वाचित नव कार्यसमितिको उपाध्यक्षमा राज कुमार माबोहाङ, सचिवमा राजहाङ लाओती, सह सचिवमा मनोज सिवाकोटी र कोषाध्यक्ष चन्द्रा सेन्दाङ रहेका छन् ।
यसैगरी सदस्यमा किसान सुब्बा, मखमाया आङदेम्बे, कमला आङबुहाङ, विष्णु लिम्बू, सुमन लाओती र पूर्ण बहादुर दर्जी चयन भएका छन् ।
यस्तै लेखा सुपरिवेक्षण उप समितिको संयोजकमा धनसिंह सङबाङफे र सदस्यहरुमा देउकुमार इघिङगो र सीमा राई चयन भएका छन् । ऋण उपसमितिको सदस्यहरुमा कमला लिम्बू र जसहाङ साउदेन चयन भएका छन् ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाको विभिन्न प्रतिवेदनहरु प्रस्तुत सँगै पारित गरेको छ । यस्तै संस्थाले उत्कृष्ट बचतकर्तामा महिला तर्फबाट रामकुमारी राई र उत्कृष्ट ऋृण भुक्तानीमा पुरुष तर्फबाट चन्द्र साँबालाई सम्मान गरेको छ ।
माङसेबुङ सहकारी संस्थामा ४ सय १६ जना सेयर सदस्य रहेको छ । पुरुष शेयर सदस्य १ सय ८० जना रहेको छ । भने, महिला शेयर सदस्य २ सय ३७ जना छन् । त्यस्तै सस्थागत शेयर सदस्य संख्या ४ जना रहेको जनाएको छ ।
संस्थाको चालू आर्थिक बर्ष २०८०/०८१ मा ८६ लाख ७७ रुपैयाँ शेयर पुँजी रहेको छ । भने, सोही आ.ब . को असार मसान्तसम्ममा ९६ छ्यान्नब्बे लाख २३ हजार २६९ चुक्ता पुजि रहेको छ । यो चुक्ता पूजी अघिल्लो बर्षको तुलनामा ११.८९ प्रतिशतले वृद्धि भएको हो ।
यसैगरी आ.व. २०८१/०८२ को प्रारम्भमा ९६ छ्यान्नब्बे लाख ७७ रुपैयाँ चुक्ता पुँजी रहेकोमा आगामी असार मसान्तसम्ममा अनुमानित एक करोड रुपैयाँ पुर्याइने प्रस्ताव पेस गरेको हो ।
चालू आर्थिक बर्षमा २ करोड ४५ लाख ५८ हजार ५ सय १५ रुपैयाँ रहेको छ । यो निक्षेप संकलन अघिल्लो बर्षको तुलनामा १.७६ प्रतिशतले वृद्धि भएको हो ।
यस संस्थाको बितिय स्थिति विवरण ३ करोड ३२ लाख ५० हजार ८ सय ८० रुपैयाँ रहेको छ । यो वृद्धि अघिल्लो बर्षको तुलनामा ६.२७ प्रतिशतले वृद्धि भएको हो । भने, सहकारीले १३ लाख ७५ हजार ४ सय १८ रूपैयाँ खुद नाफा गरेको छ ।
संस्थाले आगामी आ.व.२०८१/०८२ मा बचत निक्षेप संकलन २ करोड ९५ लाख ५८ हजार ५ सय १५ रुपैयाँ पुर्याउने लक्ष्य समेत लिएको छ ।
संस्थाले न्यूनतम व्याजदरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी कृषि तथा पशुपालन र सीप तथा क्षमता विकास जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।