युद्धभुमीको शहरमा र फुलहरु जस्तै रहेछ शहिद : कवि सुक योङहाङ - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युद्धभुमीको शहरमा र फुलहरु जस्तै रहेछ शहिद : कवि सुक योङहाङ

  • कवि सुक योङहाङ
युद्धभुमीको शहरमा 
तिम्रो विरानो
अनि,
अध्यारो मनको शहरमा
आशाको मैनवत्ती
लिएर हिड्दा
अध्यारोले
जिती रहेको थियो ।
तर
आत्मा वल निरन्तर
प्रफुल्लीत भएर
मौनतामा
शान्त वनाउन
शन्ति स्थान बनाउन
युद्ध भुमिको मैदानमा
सेतो झण्डा गडेर
मौन उभि रहे ।
साच्चै युद्धमा
नियम हुदैन ।
माया हुदैन ।
स्वतन्त्रताको अधिकार मर्दो रहेछ ।
सेतो झण्डाको वास्तविक अर्थ खोज्दा
कालो भुमरीमा फस्नु जस्तै रहेछ ।
जहाँ निरङकुसले पेल्दो रहेछ ।
पक्षमा कुनै आवाज हुदैन् ।
मौनताको गलत अर्थ लगाई
खुले आम कुटीदो रहेछ ।
अनि
शान्तीका प्रतिक
सेता झण्डाहरु च्यातेर
शहिद घोषण गरि
ओडाइदो रहेछ ।
जहाँ अर्थको गलत अर्थ लगाई
इमान्दारिताको
बलत्कार गरिदो रहेछ
तिम्रो युद्धभूमीको शहरमा
फुलहरु जस्तै रहेछ शहिद
बाटो बाटोमा
तिम्रो सम्मानका लागि
लडि रहेछ ।
फूलहरु
अनि
प्राण त्यागेर
तिमीलाई
दरवार पु¥याउने
फूलहरु
तिमी त केवल
मिथक रहेछौ ।
छितीज रहेछौ ।
हजारौ फूलहरुको
लास टेकेर
ढोङ्गी बादसाह बन्यौ ।
त्यसैले,
न त तिमी
देशभक्त बन्यौ
न त तिमी
जनसेवक बन्यौ ।
फूलहरुको छाती
छेडिए ।
फूलहरु
जलेको कथा आलै छ ।
पत्र पत्र झरेको
कुहिएको कथा छ ।
कतै, झुण्डाइएको कथा छ ।
कतै, बगाइएका कथा छ ।
के अझै
फूलहरु नासिनै पर्ने ।
बाँच्न पाउने ।
हास्न पाउने ।
फूलि रहन पाउने ।
स्वतन्त्रता छैन ?
के फूलको टाउकोमा
गोली लाग्नै पर्ने ।
वलिदान भन्दै
मर्नै पर्ने ।
फूलहरु जस्तै रहेछ शहिद ।
कचनकवल–७, झापा

सम्बन्धित खवर