- आन्छुमे नसान
असोज २८, माङसेबुङ । गायक शाहिल लिम्बू र गायिका सम्झना योङको सुमधुर अवाजमा सजिएको टिपिकल गित ‘आजुनी माया’ सार्वजनिक गरिएको छ ।
निर्देशक बिक्रम योङ्हाङ ‘मुहिम’को निर्माण तथा निर्देशनमा लिम्बू संस्कार संस्कृतिमा आधारित साँगितिक चलचित्र ‘आजुनी माया’ सार्वजनिक गरिएको हो ।
सागर केरुङको शब्द तथा शाहिल लिम्बूकै संगीत रहेको ‘आजुनी माया’मा लिम्बू सस्कृतिमा हुने प्रेम, बिबाह र रितिरिवाजलाई देखाउने प्रयास गरेको निर्देशक योङ्हाङ्ले बताए ।
साँगितिक चलचित्रमा युगल लिम्बू, सब्नम इजम लिम्बू, फुङ्सो जबेगु, रमिता राई र अबि राईले अभिनय गरेका छन् ।
पान्थरको विभिन्न ठाँउमा छायांकन गरिएको साँगितिक चलचित्रमा भुपेन योङ्हाङको छायांकन तथा अर्जुन खड्काको सम्पादन र कलर रहेको छ ।
बिषम आचार्यको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ भने राजु कार्कीले गरेका छन् ।
सुजा योङहाङ, स्वर्णिम योङहाङ, स्मारिका योङहाङ, अनिल योङहाङ र दिनेश योङहाङको समेत अभिनय रहेको साँगितिक चलचित्र सेप्माङ फिल्मस युटुव च्या्नलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस…