मेलबर्नमा ‘ओ हेलो’ भन्दै रोमाण्टिक मुडमा भेटीए प्रकृति र सायद(भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेलबर्नमा ‘ओ हेलो’ भन्दै रोमाण्टिक मुडमा भेटीए प्रकृति र सायद(भिडियो सहित)

असोज ३०, माङसेबुङ । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण ‘ओ हेलो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो संजय सेन्चुरीको छायाँकन,सम्पादन र निर्देशनमा तयार पारिएको हो। ‘बाबा फिल्म प्रडक्शन’ नामक युट्युव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

अस्ट्रेलियाको मेलबर्नमा छायाँकन गरिएको यस भिडियोलाई सायद श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

प्रेमिल शैलीको यस गीतमा गायिका टिका प्रसाई र गायक निरज खतिवडाको सुमधुर स्वर रहेको छ । गीतमा शब्द पुष्प लम्सालको रहेको छ ।

गायक खतिवडाले संगीतवद्द गरेको यस गीतलाई रोशन मिश्रले संगीत संयोजन गरेका हुन् । भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर