उपाधिको दैडमा रहेकी विजेता सुनुवारद्वारा भोटको अपिल - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपाधिको दैडमा रहेकी विजेता सुनुवारद्वारा भोटको अपिल

कातिक २, माङसेबुङ । याक्थुङ स्टार सिजन २ को टप १२ मुन्भधुमी राउन्डमा पुग्न सफल प्रतिस्पर्धी बिजेता सुनुवारले अफुलाई भोट गर्न अपिल गरेकी छन् ।

गैर लिम्बू भएर पनि लिम्बू संस्कृतीलाई बचाउन मौलिक लिम्बू भाषामा हाक्पारे ख्याली पालाम गीत गाएर दर्शकको मन जित्न सफल विजेता सुनुवारले आफुलाई याक्थुङ स्टार सिजन २ को विजेता बनाउनका लागि सबैलाई भोट गर्न अपिल गरेकी हुन् ।

याक्थुङ भाषा लिपी याक्थुङहरुको मौलिकता र अस्तित्व बचाउने याक्थुङ स्टारको अभियान भन्ने नाराकासाथ आयोजना गरिएको प्रतियोगिताको विजेताले याक्थुङ स्टार सिजन २ को ट्रफीसँगै ४ लाख रुपैयाँ नगद पुरस्कार र एक लाख बाराबरको सुनको सिक्री प्राप्त गर्नेछन् ।

यसैगरी फस्ट रनरअपलेपनि फस्ट रनरअपको ट्रफीसँगै नगद २ लाख ५० हजार र र सेकन्ड रनरअपले सेकन्ड रनरअपको ट्रफी सँगै नगद १ लाख ५० हजार पुरस्कार पाउने भएका छन् ।

याक्थुङ स्टार सिजन २ को जजहरुमा सन्चमान ताम्लिङ, सुनिता संयक लिम्बु र प्रमोद मावो लिम्बू रहेका छन् ।

याक्थुङ स्टार सिजन १ को उपाधी भने सिक्किमकी अन्जना नाल्बो लिम्बूले जितेकी हुन ।

सम्बन्धित खवर