झापाको कमलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको कमलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कातिक ३, दमक । झापाको कमल गाउँपालिका पाडाजुङ्गी बजार देखि पश्चिम बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका–५ स्थित रबी पेट्रोल पम्प अगाडि शनिबार दिउँसो साढे १२ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा नामक बसले सोही दिशा तर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटना परी मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका– ७ का ५५ वर्षीय पदम मुकारुम राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

दुर्घटना पश्चात् आक्रोशित भीडले बसमाथि ढुङ्गा प्रहार गर्नुका साथै आगजनी गरेको डीएसपी चन्दको भनाइ छ । स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार घटनास्थलबाट बसले लगभग दूईसय मिटर परसम्म मोटेसाइकल चालकलाई घिसारेको थियो ।

घटनालाई साम्य बनाउन सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो । दुर्घटना कारण पूर्व पश्चिम राजमार्ग आधा अवरुद्ध बनेको थियो । प्रहरीले वैकल्पिक मार्गबाट सवारीसाधन आउजाउको व्यवस्था मिलाइएको थियो ।

बस चालक घेरादह नगरपालिका १, का ३५ वर्षीय सञ्जय नेपालीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित खवर