नेम्बाङ सङ्जुम्भोको इलाम जिल्ला भेला सम्पन्न, अध्यक्षमा देउबहादुर नेम्वाङ चयन - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेम्बाङ सङ्जुम्भोको इलाम जिल्ला भेला सम्पन्न, अध्यक्षमा देउबहादुर नेम्वाङ चयन

कातिक ३ माङसेबुङ । किरात याक्थुङ पेभाकुम नेम्वाङ सङ्जुम्भो माङसेबुङले आफ्नो शाखा बिस्तार गर्ने कार्य शुरु गरेको छ ।

इलामको माइ नगरपालिका ७ स्थित त्रिवेणी वस्तीमा आज सम्पन्न प्रथम भेलाले देउबहादुर नेम्वाङको अध्यक्षतामा १३ सदस्यीय इलाम जिल्ला कार्य समिति गठन गरेको छ ।

यसैगरी समितिको उपाध्यक्षमा खड्क बहादुर नेम्वाङ, सचिवमा बमबहादुर नेम्वाङ, सहसचिवमा कोनहाङ नेम्वाङ निर्वाचित भएका छन् ।

नवनिर्वाचित सदस्यमा सुन्दर नेम्वाङ, चितबहादुर नेम्वाङ, डम्बरधोज नेम्वाङ, बुद्धराज नेम्वाङ, हर्कबहादुर नेम्वाङ, सुमन नेम्वाङ, सर्मीला लाओती नेम्वाङ, सुशीला राई नेम्वाङ रहेका छन् ।

इलाम जिल्लाको विभिन्न क्षेत्र बाट उपस्थित प्रतिनिधि, संरक्षक तथा आजीवन सदस्यहरुको भेलाले सर्वसम्मत समिति चयन गरेको हो ।

सङ्जुम्भोका अध्यक्ष नन्दकुमार नेम्वाङको प्रमुख आतिथ्यमा सम्पन्न भेलालाई आयोक समितिका अध्यक्ष देउबहादुर नेम्वाङको अध्यक्षतामा पहिलो चरण र दोस्रो चरण निर्वाचन मण्डल संयोजक प्रेम नेम्वाङको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

दुवै कार्यक्रमलाई आयोजक समिति सदस्य तथा आन्तरिक लेखा समिति संयोजक गजेन्द्र नेम्वाङले सञ्चालन गर्नुभएको थियो । निर्वाचन मण्डलामा संयोजक प्रेम नेम्वाङ, सदस्य सचिव गजेन्द्र नेम्वाङ र सदस्य पञ्चबीर राई भेलाले चयन गरेको थियो ।

सम्बन्धित खवर