कुम्मायक ५ मा मावोहाङ चेम्जोङ बङ्श अक्षयकोष स्थापना - Mangsebung News
  • शनिबार, जेठ ०९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक ५ मा मावोहाङ चेम्जोङ बङ्श अक्षयकोष स्थापना

  • पदम सुखी सम्बाहाम्फे

पाँचथर । कुम्मायक गाउँपालिकाको वडा नम्बर ५ स्यावरुम्बामा मावोहाङ चेम्जोङ मिङ्स्रा थोबोचुम मेङ्घेङमा याङ्भु अक्षयकोष स्थापना भएको छ । अनौपचारिक रूपमा ७७ सालदेखि सन्चालनमा रहेको उक्त अक्षयकोष किरात याक्थुङ चुम्लुङ हिम तलाउमा सोमबार विधिवत उद्घाटन गरिएको हो ।

थाकथाकु मावोहाङ चेम्जोङ वङ्श उत्थान संघ कुम्मायक गाउँ शाखा द्वारा आयोजित सो कार्यक्रममा अक्षयकोष दाताहरुलाइ बिशिस्ट प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । मावोहाङ चेम्जोङ मिङ्स्रा थोबोचुम मेङ्घेङमा याङ्भु समितिका अनुसार समाजसेवी स्वः दल बहादुर चेम्जोङ स्मृति कोषमा एक लाख ११ हजार छ सय १५ रुपैयाँ, यसैगरी स्वः दालहाङमा चेम्जोङ स्मृति कोषमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ र स्वः मदनकुमार चेम्जोङ् स्मृति कोषमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ रकम रहेको बताइएको छ ।

यसरी नै समाजसेवी रामकुमार चेम्जोङद्वारा एक लाख ५१ हजार एक सय ११ रुपैयाँ, समाजसेवी डिल्लिकुमार चेम्जोङले एक लाख एक सय ११ रुपैयाँ र हालसम्म स्याबरुम्बाका वङ्शजहरुबाट जम्मा ५३ हजार पाँच सय सङ्कलित रुपैयाँ गरि ५ लाख ३५ हजार ४ सय ८४ रुपैयाँ कुल रकम अक्षयकोषमा मौज्दात रहेको जनाइएको छ ।

मावोहाङ चेम्जोङ मिङ्स्रा थोवोचुम मेङ्घेङमा याङ्भु सस्था स्थापना गरेर उदाहरणीय कार्य गरेको कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले बताए । यो सस्था चेम्जोङ बङ्सजको मात्र नभएर वडावासिको साझा सम्पत्ति बन्न सकोस् भन्दै लावतिले शुभकामना व्यक्त गरेका थिए ।

वडाका हरेक समुदायको लागि दुखसुखको सारथि र पुल बन्न सकोस् भन्दै वडा नम्बर ५ का वडा अध्यक्ष निर्मलराज घिमिरेले वडा कार्यलयको क्षमताले भ्याएसम्म सहयोग पुर्याउने बताए ।

समाजमा समान वर्गीय चिन्तन रहेको र उत्थानका लागि आर्थिक पाटो नै अघि हुने हुनाले भइपरी आएको बखत यो सस्थाले आवस्यक सहयोग पुर्याउने वडा नम्बर ५ का वडा सदस्य इन्द्रबहादुर चेम्जोङ्ले बताए ।

मावोहाङ चेम्जोङ वङ्श आर्थिक रूपमा सबल भए सामाजिक कार्यको आकार फराकिलो पार्न सहज हुने सुर्य बिक्रम चेम्जोङ्को भनाइ थियो । वडाको आहाले टोल निवासी शरीरको मेरुदण्ड भाचिएर शक्त घाइते स्वः इस्वरसिं चेम्जोङ र क्यासर रोगी स्वः सनज्योती चेम्जोङलाई पनि सस्थाले आर्थिक सहयोग पुर्याएको किरात याक्थुङ चुम्लुङका पुर्व केन्द्रिय सदस्य गणेश चेम्जोङले बताए । कार्यक्रममा तेजेन्द्र चेम्जोङ र ठगेन्द्र चेम्जोङले पनि आआफ्नो धारणा राखेका थिए भने समाजसेवी पुर्णध्वज चेम्जोङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर