
- पदम सुखी सम्बाहाम्फे
पाँचथर । यहि जेठ १३ र १४ गते पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
पुर्वी पृतना हे, क्वा, को महा निर्देशन श्री न, २१ बाहिनी अड्डाको पहल, बिरदल गणको आयोजना, सैनिक अस्पताल इटहरीको सहभागिता तथा कुम्मायक गाउँपालिकाको व्यवस्थापन र कुम्मायक आधारभूत अस्पतालको समन्वयमा निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
१५ सैया कुम्मायक आधारभूत अस्पतालको परिसरमा हुने शिविरमा सामान्य चिकित्सक सेवा तथा विशेषज्ञ सेवा अन्तर्गत सर्जरी बालरोग स्त्री रोग छाला तथा यौन रोग हाडजोर्नी सुगर प्रेसर क्यान्सर मुटु रोगी नाक कान आँखा महिनावारी गडबडी बाझोपन लगायत शरीरमा हुने विभिन्न रोगको प्रारम्भिक पहिचान गरि निशुल्क उपचार सेवा प्रदान गरिने डा, एरिक बास्कोटाले बताए । माइनर ओ टि सेवा सिष्ट लाइपोमा भिडियो एक्स रे इसिजी प्रयोग शाला निशुल्क औषधि बितरण र परामर्श तथा जनचेतनामूलक कक्षा सन्चालन समेत हुने पनि बास्कोटाले मंगलबार पत्रकार सम्मेलनमा भने ।

भौगोलिक बिकटतामा रहेका ज्येष्ठ अशक्त बिरामीलाई प्राथमिकता दिदै जनप्रतिनिधि स्वास्थ्यकर्मी स्वयं सेविका शिक्षक शिक्षिका र विद्यार्थी समेतले उपचारका लागि सहजीकरण भुमिका निर्वाह गर्न नेपाली सैनिक किशोर अधिकारीले आग्रह गरे । बिहान ७ बजे देखि साझ ५ बजे सम्म उपचार हुने यो शिविरमा खर्चको अभावले बर्सौ रोग पालेर बसेका कुनैपनि बिरामी उपचारको लागि नछुटोस भन्ने उद्देश्य रहेको अधिकारीले बताए ।
गाउँ गाउँ टोल टोलका बिरामीलाई तत्काल खबर गरि कुम्मायक आधारभुत अस्पताल सम्म बिरामीलाई पुर्याउने वातावरण मिलाउन थप आग्रह उनले गरे । पानी र बिजुली सम्बन्धि संबंधित निकायको ध्यानाकर्षण गराउदै व्यवस्थापनमा कुनै त्रुटि हुन नदिन पनि डा, बास्कोटाको आग्रह थियो । यो ऐतिहासिक कार्य भएकोेले सबै बिरामीले निशुल्क सफल उपचार पाउनेमा दुईमत नहुने उनको भनाइ थियो ।







