कातिक १०, दमक । याक्थुङ मुन्चइत चोक सयङ प्रदेश नं. १ (लिम्बुवान किरात) अधिवेशन आयोजक समिति गठन भएको छ ।
याक्थुङ मुन्चइत चोक सयङका संघीय अध्यक्ष सागर केरुङ, उपाध्यक्ष बबिता फोम्बो र सदस्य तिर्थ मादेम्बाको उपस्थितिमा शनिवार झापा दमकस्थित होटल जेपीको सभाहलमा भुपेन्द्र तुम्बाहाङफेको संयोजकत्वमा याक्थुङ मुन्चइत चोक सयङ लिम्बुवान किरात अधिवेशन आयोजक समिति गठन भएको हो ।
नवगठित अधिवेशन आयोजक समितिको सह–संयोजकमा कुशल थलङ, मिना नेम्बाङ, बबिन आङ्देम्बे, सदस्य सचिवमा नुनाम केरुङ र अर्थ संयोजकमा दुर्गा तुम्सा चयन भएका छन् ।
यसैगरी सदस्यमा क्रमशः बुद्धराज फोम्बो, चन्द्र फुरुम्बो, दिलिप कुमार योङ्हाङ, प्रमिता लिम्बु, सुमन कुरुम्बाङ, सुमन सानु कुरुम्बाङ, रवी किरण मादेन, टीआर सेनेहाङ, मदन वनेम, डिबी लिम्बु थेगिम, मनकुमार योङहाङ, टिकाहाङ लिम्बु, गणेश योङहाङ, मनु योङहाङ, आशा साँवा लिम्बु, दिलु सुब्बा, सुरज जबेगु लिम्बु, जयन्ती सुहाङ, बिक्रम येक्तेन, संगीत आङखेवा, सागर सिंगल, गंगा कन्दङवा, अप्सरा बोखिम, आकाश लावती ‘ताङसाङ’, खगेन्द्र माङवाजी, हिमाल लिम्बु, चन्द्र तुम्सा, चन्द्रकला साँवा, तेज आङबुहाङ, पुष्पा वनेम, सुनिता थक्सु, बिनु तुम्बाहाम्फे, कर्मिला आङदेम्बे, गीता नेम्बाङ, मिना मादेम्बा, अवि चेम्जोङ, बन्दना फेवादीन र मेनुका योङहाङ चयन भएका छन् ।
यस नवगठित आयोजक समितिले आगामी मंसिर १४ र १५ गते झापाको दमकमा प्रथम अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
द्रष्टब्य : याक्थुङ लिम्बु चलचित्रकर्मीहरुको एक मात्रै साझा संगठन याक्थुङ मुन्चइत चोक सयङले देढ दशकयता याक्थुङ चलचित्र र चलचित्रकर्मीहरुको हक, अधिकार, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा सबैखाले अभियानहरु सञ्चालन गर्दै आइरहेको सर्वविदितै छ ।
याक्थुङ मुन्चइत चोक सयङ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अन्तर्गत दर्ता भएको संस्था हो, नेपालका आदिवासी जनजाति चलचित्रकर्मीहरुको साझा संगठन नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आधिकारिक एक घटक संगठन हो, आदिवासी याक्थुङहरुको एक मात्रै साझा संगठन किरात याक्थुङ चुम्लुङद्वारा सम्बन्धन प्राप्त संगठन हो ।
बिक्रम सम्बत २०६६ सालमा स्थापित याक्थुङ मुन्चइत चोक सयङले चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेको छ, प्रदेश नं. १ मा तदर्थ समिति गठन गरि कार्यसम्पादन गरिरहेको छ, नेवा;ताम्सालिङ प्रदेश समिति (बागमती)को प्रथम अधिवेशन सम्पन्न गरि कार्यसम्पादन गरिरहेको छ, याक्थुङ मुन्चइत चोक सयङ पान्थर जिल्लाले दोश्रो अधिवेशन सम्पन्न गरि कार्यसम्पादन गरिरहेको छ, याक्थुङ मुन्चइत चोक सयङ सिक्किम भारत र नेपालविच सम्बन्धन लियादिया गरि सहकार्य गरिरहेको छ, संसारभरि रहेका याक्थुङ चलचित्रकर्मीहरुलाई एकीकृत गर्ने उदेश्यले सबै प्रवासहरुमा याक्थुङ मुन्चइत चोक सयङको गठन प्रक्रिया चलिरहेको छ ।
याक्थुङ मुन्चइत चोक सयङले अन्तराष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सवहरु सम्पन्न गरिसकेको छ, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका चलचित्र विज्ञहरु ल्याई चलचित्र सम्बन्धि अत्याधिक कार्यशालाहरु सम्पन्न गरेको छ, न्युनतम २५ बर्ष कला क्षेत्रमा जीवन विताएका ७० बर्ष पुगेका लिम्बु कलाकारहरुलाई सम्मानस्वरूप मासिक पेन्सन भत्ता दिने उदेश्यले ‘याक्थुङ मुन्चइत अक्षयकोष’ संचालन गरिरहेको छ, लिम्बु चलचित्रलाइ विशिष्टिकरण गर्न ‘याक्थुङ कथा दर्ता कार्यविधि’ निर्माण गरि संचालन गरिरहेको छ, याक्थुङ कथाहरुलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन अन्तराष्ट्रिय याक्थुङ कथा प्रतियोगिता आयोजना गरि ‘याक्थुङ स्टोरी बैंक’ संचालन गरिरहेको छ, याक्थुङ मुन्चइत चोक सयङको प्रतिनिधित्व गर्दै आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति चलचित्र विकास बोर्डमा संयोजकको जिम्मेवारी सम्हालिसकेको छ र हाल समिति सदस्यको प्रतिनिधित्व गरिरहेको छ, याक्थुङ भाषा, कला, संस्कार,संस्कृति, इतिहास, पहिचान, अस्तित्व र भुमिमाथि भइरहेको उत्पीडनबिरुद्द लिम्बु समुदायको हरेक संघर्ष र आन्दोलनमा हातेमालो गर्दै आइरहेको आदिवासी याक्थुङ चलचित्रकर्मीहरुको एक आधिकारिक संगठन हो याक्थुङ मुन्चइत चोक सयङ ।
उपरोक्त ऐतिहासिक जिम्मेवारी बोकेको चलचित्रकर्मीहरुको संगठन याक्थुङ मुन्चइत चोक सयङ प्रदेश नं. १ को प्रथम अधिवेशन यहीं मिति २०८१ साल मङ्सिर १४ र १५ दमक झापामा हुँदैछ । सबैजना चलचित्रकर्मीहरु एकीकृत हुन् हार्दिक अपिल गर्दछौं ।
सेवारो ! नोगेन !