बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

कातिक ११, काठमाडौं । साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले हराउँदै बंगलादेश लगातार दोस्रोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।

तोहुरा खातुनको ह्याट्रिक गोलको साथमा साविना खातुनको दुई तथा ऋतु पोर्ना चक्मा र सेउली अजिमको समान एका गोलमा बंगलादेश उपाधिनजिक पुगेको हो ।

अघिल्लो संस्करणको सेमिफाइनलमा पनि बंगलादेशले भुटानलाई नै ८–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

सम्बन्धित खवर