किटानी जाहेरी परेकाको पक्राउ पूर्जी जारीपछि हप्तादिनमा निरौलाको अन्त्येष्टी - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किटानी जाहेरी परेकाको पक्राउ पूर्जी जारीपछि हप्तादिनमा निरौलाको अन्त्येष्टी

कातिक १३, दमक । झापाका दमक–९ का ३८ वर्षीय यामु निरौलाको हत्या भएको हप्ता दिनपछि बल्ल सोमबार अन्त्येष्टी भएको छ । उनको मंगलबार दमक–३ स्थित मावा खोला नजिक जग्गा विवादमा कुटपिटका कारण हत्या भएको थियो ।

हत्या संलग्नहरुलाई पक्राउ नगरेसम्म शव नबुझ्ने अडानमा रहेको मृतककका परिवारले किटानी जाहेरी दिएको सात जना विरुद्ध जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी भएपछि शव बुझेर सोमबार दमक अस्पतालमा पोष्टमार्टिम गरी अन्त्येष्टी गरेका हुन् ।

हत्यामा संलग्नको आरोप लागेका एमाले नेता तथा प्रदेशसभा सदस्य होमबहादुर थापाका भाइ बुद्धिमान थापाको पक्राउ पुर्जी नआएपछि परिवारले शव बुझेको थिएन ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार अदालतबाट फक्राउ पुर्जी जारीभएपछि मृतकका परिवारले शव बुझेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक निरौलाको अन्त्येष्टी भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जाहेरी परेका सातै जनाविरुद्ध जिल्ला अदालत झापाले पक्राउ पुर्जी जारी गरेको पुष्टि गरे ।

घटनामा संलग्नमध्ये उर्लाबारी–६ का प्रकाश कार्की, र उर्लाबारी–७ का ध्रुव गौतमलाई हत्या भएकै दिन र संखुवासभा मादी नगरपालिका–१० घर भई दमक–३ बस्ने गणेश दर्जीलाई प्रहरीले आइतबार पक्राउ गरेर सोही दिन तनिै जना आरोपितलाई सार्वजनिक गरेको थियो । त्यस्तै, घटनास्थलमा देखिएका दुईवटा गाडी र दर्जीले प्रयोग गरेको मोटरसाइकल प्रहरी रहेको बताइएको छ ।

जाहेरी परेका मध्ये थापा, एमाले कार्यकर्ता नमकुमार चेम्जोङ, दमक–३ का राजु भनिने सेरबहादुर नेम्बाङ र सुनसरी इटहरीका डेबिड घले अझै फरार छन् ।

सम्बन्धित खवर