सन्दकपुर मावु हाङमादेनमा बृहत साँस्कृतिक कार्यक्रम हुँदै - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सन्दकपुर मावु हाङमादेनमा बृहत साँस्कृतिक कार्यक्रम हुँदै

कातिक १६, माङसेबुङ । इलामको सन्दकपुर गाउँपालिका ४, मावुको हाङमादेनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

आगमी कातिक २५ गते महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द १४० औं जन्मजयन्तीको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

महागुरु फाल्गुनन्द लिङदेन १४० औं जन्मजयन्तीको अवसरमा कातिक २५ गते साँझ चर्चित कलाकारहरुको साथमा बृहत साँस्कृतिक कार्यक्रम हुने साँस्कृतिक कार्यक्रमका संयोजक तथा गायक प्रकाश सावदेनले बताए ।

कार्यक्रममा गायिका थोकफेला लिङदेन, गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायक तथा संगीतकार, राजशुक्र लिम्बु, गायक तथा संगीतकार जेपी नेम्बाङ, गायक दिलिप माखिम, गायक राज लावुङ, गायिका टिना खालिङ, गायक विजय फागो र गायक सञ्च सङबाङफे लगायत किरात साम्यो साक्थिमगेन मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय कलाकारहरुको साँगीतिक प्रस्तुती रहनेछ ।

महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्मजयन्ती मूल समारोह समुद्घाटन कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पबित्रहाङमा लिङ्देनज्यूहरुको देवसवार हुने किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्ती तथा किरात फाआप मिङ्सो माङहिम समुदघाटन एवं महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण कार्यक्रम मुल आयोजक समितिका सचिव विवीहाङ सावदेन ‘मावुले कान्छा’ले बताएका छन् ।

सम्बन्धित खवर