- सिक्कुम ज्ञानु फुरुम्बोलिम्बू चरपे
कातिक १६, युके । किरात धर्म दर्शनदाता, महान समाज सुधारक विश्व शान्तिका उदघोषक, राष्ट्रिय बिभूति महिङगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेनज्युको १४० औं जन्मजयन्ती कार्यक्रम आगामी १० नोम्भेवर २०२४ आईतबारका दिन बेलायतको रग्बी वारविक्शायरमा भब्य सम्पन्न हुन भएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा हुन गईरहेको उक्त १४० औं महागुरु फाल्गुनन्द लिङदेनज्युको जन्मजयन्ती कार्यक्रममा युकेका लागि नेपाली राजदुतको प्रमुख आतिथ्य तथा स्थानीय जनप्रतिनी साथै विभिन्न सामाजिक संघ, सस्थाका प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न हुन गईरहेको किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङले बताउनु भयो ।
हरेक बर्ष बेलायतको विभिन्न ठाउँमा बसोबास गर्दै आईरहेका किरात धर्मलवम्बी लगायत शुभचिन्तक महानु भावहरुको बाक्लो उपस्थितिमा हुने महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम यसपाली पनि बिगत झै भब्य सभ्य तरिकाले कार्यक्रम हुने कार्यक्रम ब्यबस्थापक संयोजक तिल बिक्रम लावतीले जानकारी दिनु भयो ।
उक्त जन्मजयन्ती कार्यक्रमको अवसरमा सम्पुर्ण माङसेवासाबा, माङसेवासामा साङदाङगेन्न वरुम्मसाबा/सामा लगायत किरात धर्मावलम्बी भक्तजनहरुको उपस्थितिमा किरात साम्जिक मुन्धुम बाचन गरेर विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थका निम्ति किरात साम्जीक मुन्धुम माङसेवासाबा, सेवासामाद्वारा बाचन गरि सेवा विशेष सेवा गरिने बेलायतका प्रमुख माङसेवासाबा तथा सल्लाकार मंगलसिं लिङदेन बताउनु भयो ।
राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङदेनज्युको जन्म १९४२ साल कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको माङसेबुङ गाउँपालिका चुक्चिनामेबा गाउँमा जन्मनु भएका थियो । उहाँले लामो समय देखि किरात समाजमा भएका बिकृति, बिसंगीका बिरुद्व महान अभियान्ता भएर लडनु भएको थियो समाजमा भएका कुमार्ग कुसंस्कारलाई अन्त्य गर्न १० लिम्बुवान १७ थुमको सुब्बा सुभाङगी गन्यमन्य भद्रभलादमीहरुको बृहत उपस्थितिमा महाचुम्लुङ गरेर ७ बुदेँ सत्यधर्म मुचुल्का निमार्ण गर्नु भएको थियो भने समाजिक धार्मिक सुधार कार्यमा निरन्तर हिडने क्रममा बि.स २००५ सालमा ६३ बर्षको उमेरमा देहान्त भएको थियो । उनै महान मानव युग पुरुष महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनज्युको १४० औं जन्मजयन्ती कार्यक्रम विश्व भरि मनाउने कार्यक्रम रहेको छ ।