दिनेशको निर्देशनमा जेपी र हेमुस्मृति अभिनित ‘तरेवा ज्यु ए’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा जेपी र हेमुस्मृति अभिनित ‘तरेवा ज्यु ए’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक १८, माङसेबुङ । कोरियोग्राफर तथा निर्देशक दिनेश माङमु लिम्बूको कोरियोग्राफी तथा निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको गित ‘तरेवा ज्यु ए’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार जेपी नेम्बाङ र गायिका हेमुस्मृति चोङबाङको अभिनय रहेको म्युजिक भिडियो हेमु स्मृति अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गितकार एस.पी. निङलेकुको शव्द संकलन तथा गायक तथा संगीतकार कृष्णभक्त राईको लय संकलन रहेको गितमा कृष्ण भक्त राई र हेमुस्मृति चोङबाङको आवाज रहेको छ ।

शिरकुमार साम्पाङ राईको छायांकन, ड्रोन तथा कलर रहेको भिडियोमा महेश सिग्देलको श्रृङगार र सञ्जय निङलेकुको सम्पादन रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजन रहेको गितको भिडियोमा टिन्ज क्रिउ डान्स सेन्टर धनकुटा र किरात याक्थुङ चुम्लुङ धनकुटाका कलाकारहरुको कोरस नृत्य समेत रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर