किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा विनोद सावदेन निर्वाचित - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा विनोद सावदेन निर्वाचित

कातिक १९, माङसेबुङ । कातिक १८, किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा विनोद सावदेन निर्वाचित भएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको औं महाधिवेशनबाट विनोद सावदेनको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा, उपाध्यक्षमा क्रमशः बिरेन लिङदेन, माङ्सालुङमा तुम्बापोदुर्गा चेम्जोङ माबोहाङ, विराज ऐक्तेन, डम्बर केदेम, सरोज योङहाङ र रमेस लक्सम, महासचिवमा हर्क सुब्बा चेम्जोङ, सचिवमा डि बी योङहाङ, सह–सचिवमा उत्तम कुमार लिम्बू, कोषाध्यक्षमा बिरेन खेवा लिम्बू र सह–कोषाध्यक्षमा राजन सा वदेन चयन भएका छने ।

यसैगरी सदस्यमा क्रमशः समिर योङहाङ, मणि संयङ लिम्बु, रण बहादुर आङदेम्बे, सागर खजुम, रूपेस पालुङवा, चन्द्र लिम्बुू, श्रेहाङ ईधिङगा, धिरेन लिङज्याङ, बुद्धि वल लिम्बू, प्रकाश सावदेन, दिल कुमार लिम्बू, रिस्ता सावदेन, सिर्जना नेम्बाङ र रचना सावदेन निर्वाचित भएका छन् ।

महाधिवेशन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका निवर्तमान अध्यक्ष दीर्ज काङ्भा लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर