नेपाल यु १९ महिला विश्वकपमा छनोट - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल यु १९ महिला विश्वकपमा छनोट

कातिक २८, काठमाडौं। नेपाल यु १९ महिला विश्वकपमा छनोट भएको छ ।

नेपालले बुधबार भएको निर्णायक खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो ।

युएईले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा दुई विकेट गुमाउँदै ८६ रन बनायो ।

नेपालले ६ खेलबाट १० अंक जोड्यो । युएईले पनि समान खेलबाट समान अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

नेपालले अर्को वर्ष मलेसियामा हुने विश्वकप खेल्नेछ ।

नेपालले दुईपल्ट यु १९ विश्वकप छनोट खेलेको नेपालले युएईलाई पहिलोपल्ट हराएको हो ।

 

सम्बन्धित खवर