कातिक ३०, काठमाडौं । भारतीय च्यानल स्टार स्पोर्ट्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने एनपिएल को प्रत्यक्ष प्रसारणको जिम्मेवारी शुक्रबार भारतीय च्यानल स्टार स्पोर्ट्सलाई दिएको क्यानले जनाएको हो ।
क्यानका सचिव पारस खड्काका अनुसार प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्टसलाई जिम्मेवारी दिइसकेको छ ।