शाहिल र सम्झनाको ‘सुँगुरको मासुमा पल्केर २’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शाहिल र सम्झनाको ‘सुँगुरको मासुमा पल्केर २’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक ३०, माङसेबुङ । गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका सम्झना योङहाङको आवाजमा बिल्कुलै नयाँ गित ‘सुँगुरको मासुमा पल्केर २’ सार्वजनिक गरिएको छ ।

शाहिल लिम्बूकै शव्द तथा संगीतमा विजय मगरको निर्देशन रहेको ‘सुँगुरको मासुमा पल्केर २’ म्युजिक भिडियो जी मिडिया कनेक्शन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिनेश माङमुको कोरियोग्राफीमा सनम तामाङको छायांकन, कविता तोलाङगीको मेकअप, नोयो कलेक्सन र लिव्जु कलेक्सनको इमाडोलको पहिरन र दिन्सन शाहको सम्पादन र कलर रहेको भिडियोमा यासेली योङहाङ, डोना थापा, बिपना आङबुहाङ, आशिस लिम्बू र एन्जल राईको अभिनय रहेको छ ।

देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ देवेश राईले नै गरेका हुन् ।

प्रकाश आङबुहाङ ‘हाङ बरे’को निर्माणमा दामी क्रिएशनको पोष्ट प्रडक्शन रहेको भिडियोमा लिम्बू समदायको केलाङ र पालाम समेत रोचक तवरले समावेश गरिएको छ ।

लिम्बू कल्चरमा आधारित निर्माण गरिएको ‘सुँगुरको मासुमा पल्केर’ को अपार सफलता पछि सिक्वेन्सको रुपमा ‘सुँगुरको मासुमा पल्केर २’ निर्माण गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर