मंसिर १, माङसेबुङ । नेपालले १३ वर्षपछि अफगानिस्तानमाथि सानदार जित हासिल गरेको छ ।
नेपालले शनिबार सेन्ट्रल स्टेडियम डुसान्बेमा भएको मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई २–० ले पराजित गर्दै सानदार जित हासिल गरेको हो ।
नेपालको जितमा जेलस्पीजंग कार्की र डिफेन्डर रोहित चन्दले गोल गरे । जेलस्पीले खेलको ४६ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए भने, खेलको ७८औं मिनेटमा रोहितले करियरकै पहिलो गोल गर्दै जित दिलाए ।
यसअघि दशरथ रंगशालामा अप्रिल, २०११ मा एएफसी च्यालेन्ज कप २०१२ छनोटमा नेपालले भरत खवासको गोलमा अफगानिस्तानविरुद्ध १–० को जित हात पारेको थियो ।