संयुक्त संघर्ष समितिद्वारा नयाँ चरणको आन्दोलन घोषणा, कोशी नाम विरुद्ध विराटनगरमा प्रदर्शन - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संयुक्त संघर्ष समितिद्वारा नयाँ चरणको आन्दोलन घोषणा, कोशी नाम विरुद्ध विराटनगरमा प्रदर्शन

मंसिर २, विराटनगर । पहिचान पक्षधरहरूले प्रदेश नं. १ को नाम खारेजीको माग गर्दै प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने मागसहित विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संर्घष समितिको आयोजनामा आज आइतबार विराटनगरमा नयाँ चरणको आन्दोलन घोषणा गर्दै विरोध प्रदर्शन भएको हो ।

२०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरले कोशी नाम खारेजीको माग गर्दै विरोध जनाउँदै आएका छन् ।

कोशी नाम खारेजीको माग गर्दै सुरु भएको आन्दोलन केदार कार्की नेतृत्वको सरकारले नाम परिवर्तनको पहल गर्ने सहमति गरेपछि सुस्ताएको थियो । तर नयाँ चरणको आन्दोलन घोषणा भएसँगै पुनः पहिचानको आन्दोलन ब्युँतिएको छ ।

प्रदेश नम्बर १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आह्वानमा विराटनगरको भृकुटी चोकबाट जनआन्दोलन चोकसम्म पहिचान पक्षधरले प्रदर्शन गरे । प्रदेश १ को नाम कोशी खारेज गरी पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै निकालेको ¥याली जनआन्दोलन चोकमा कोणसभामा परिनत भएको थियो ।

कोणसभामा विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले अहिले संविधान संशोधन गर्ने तयारी भइरहेकाले आन्दोलनबाट प्राप्त संविधानको उपलब्धिको रक्षा गर्नु पहिलो दायित्व भएको बताइन् ।

उनले संविधानमाथि विभिन्न नाममा आक्रमणको प्रयास भएकाले यसको रक्षा र थप उपलब्धिका लागि एकजुट हुनुको विकल्प नभएको बताइन् ।

यसैगरी विरोध सभालाई पहिचानवादी मोर्चाका सदस्य सचिव पूर्ब मन्त्री गोपाल किराती, जसपा नेपालका सहअध्यक्ष पूर्व मन्त्री रकम चेम्जोङ, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, प्रदेश १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राई, कार्यकारिणी सदस्य, पूर्ब प्रदेशमन्त्री जयराम यादव, नागरिक उन्मुक्ति पार्टीका संघीय अध्यक्ष ज्ञानबहादुर गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, नेपाल जनमुक्ती पार्टाीका अध्यक्ष केपी पालुङवा, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विस्वभक्त दुलाल (आहुती), लगायतले सम्बोधन गरेका थिए ।

आन्दोलनको क्रममा ४२ बर्षिय युवा पदम लिम्बू (लाजेहाङ)ले सहादत (सरकारबाट सहिद घोषणां) प्राप्त गरेका छन् भने प्रहरीको गोली लागेर गजेन्द्र फागोको खुट्टा जीवनभर काम नलाग्ने गरी घाइते छन् । आन्दोलनमा दिक्षा क्षेत्री, सञ्जय राई लगायत २ सय ५० बढी घाइते भएका छन् ।

 

सम्बन्धित खवर