महेनको शव्दमा व्रविमले लिएर आए ‘ओ परदेशी साथी’ - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महेनको शव्दमा व्रविमले लिएर आए ‘ओ परदेशी साथी’

आन्छुमे नसान

मंसिर ३, माङसेबुङ । पछिल्लो समय आफुलाई पहिचानबादी गायकको रुपमा उभ्याएका प्रतिभाशाली गायक व्रविम सेर्माले परदेशमा रहेका सारा नेपालीहरुप्रति समर्पित मर्मस्पर्शी गित ‘ओ परदेशी साथी’ लिएर आएका छन् ।

रेमिट्यान्स मार्फत मुलुकको अर्थतन्त्र धान्ने ति लाखौं परदेशी दाजुभाई दिदीबहिनीहरुको मायाँ र सम्मानमा समर्पित गित ‘ओ परदेशी साथी’ गितकार महेन नेम्बाङको शव्दमा गायक सेर्माले आफ्नै अफिसियल युट्यूव च्यानलबाट दर्शक स्रोता माझ लिएर आएका हुन् ।

देवेश राईको संगीत संयोजनमा योगेन मुकारुङले सायरम स्टुडियोमा रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ समेत देवेश राईले नै गरेका हुन् ।

नुमा तुम्रोक र चन्दानुमा सेर्माको निर्माण तथा किरण चाम्लिङ राईको निर्देशनमा योगेश दहालको छायांकन, आयुसा श्रेष्ठको श्रृङगार, अनिल रानाको सम्पादन तथा ख्ँह् रहेको छ ।

थैली इन्टरटेन्मेन्ट पोष्ट प्रडक्शन तथा शुभम चाम्लिङ राई प्रडक्शन मेनेजर रहेको भिडियोमा विक्रम राई, शाहिल लिम्बू, मनि सुन्दर लिम्बू, अप्सु योगी तथा संगीता रानापायलीको समेत आवाज रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर