झापाको दमकमा ‘सिरिजङगा दर्पण’ लोकार्पण - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको दमकमा ‘सिरिजङगा दर्पण’ लोकार्पण

दमक । झापाको दमकमा सिरिजङगा टोल विकास संस्थाको मुख पत्र ‘सिरिजङगा दर्पण’ लोकार्पण गरिएको छ ।

सोमबार दमक नगरपालिका १, येहाङ्नगरस्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा साहित्यकार गिरिभक्त सोङमेनको प्रमुख आतिथ्यमा सिरिजङगा टोल विकास संस्थाको मुख पत्र ‘सिरिजङगा दर्पण’ लोकार्पण गरिएको हो ।

कार्यक्रममा जनसेवा टोल विकास संस्था सचिव तारा खापुङ, सिरिजङ्गा टोलकै पुर्व अध्यक्ष, सचिव, कोषाध्यक्षहरु लगायत टोलबासी सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा ‘एक जन्म दुई जिन्दगी’ रुवाई सङग्रह २५ थान पुस्तकको मुल्य सात हजार सात सय रुपैयाँ रुवाईकार एल.बि. राईलाई टोलबाट सहयोग वापत टोल अध्यक्ष सेसेमी से.नाल्बाले हस्तान्तरण गर्नु भएको थियो ।

सिरिजङगा टोलका अध्यक्ष सेसेमी से.नाल्बोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव कृति कुरुम्भङले गरेकी थिइन् ।

 

सम्बन्धित खवर