इलाम । बालाचतुर्दशी खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८१ भोलिबाट सुरु हुँदैछ ।
इलामको सन्दकपुर ४, मावु हाङमादेनमा भोलि शुक्रबारदेखि छैटौं संस्करणको बालाचतुर्दशी खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको हो ।
नालीफुङवा स्पोर्टिङ क्लव सन्दकपुर ४, मावु, हाङमादेनको आयोजनामा मंसिर ७ देखि १५ सम्म सञ्चालन प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
भोलि ११ बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा जुनतार एफ.सी. र तिनताले जुनियरबिच हुने र दोस्रो खेल थ्री लिप्स र माइमझुवा ९ विच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा जुनतार एफ.सी., तिनताले जुनियर, थ्री लिप्स, माइमझुवा ९, सुनौलो चिमल एफ.सी., वाइट रोज, धुवाखोला एफ.सी., गिताङ एफ.सी., टोड्के झरना, लोकल एफ.सी जमुना, राईजिङ स्टार मिरिक, नालीफुङवा एफ.सी., सन्दकपुर खेल संघ, चाइनतापु जुनियर, सोयाङ बा एफ.सी., रमाइलो एफ.सी., हाम्रो पाँचथर र मिरिक एफ.सी., आर.आर.सी. प्याङ, टाडी एफ.सी., छाँगे झरना, घायाल ब्वाइज जमुना, नमो बुद्ध र इङला वारियर गरि २४ वटा टिमको सहभागिता रहेको छ ।
फुटबल प्रतियोगितासँगै शुद्ध शाकाहारी धुम्रापन, माध्यपन र मादक पदार्थ रहित बालाचतुर्दशी मेला समेत लाग्ने र लगाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाईनल खेल मंसिर १५ गते हुनेछ ।