थोकफेला र विवसको आवाजमा पालाम ‘इरेमफुङ’ सार्वजनिक - Mangsebung News
  • मङ्गलबार, असोज २०, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र विवसको आवाजमा पालाम ‘इरेमफुङ’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायिका थोकफेला लिङदेन र गायक विवस नेम्बाङको आवाजमा पालाम ‘इरेमफुङ’ सार्वजनिक गरिएको छ ।

लक्ष्मी नाम्लाक्पा नेम्बाङको शव्द संकलन तथा विरु थेगिमको लय संकलनमा मिलन ताप्मादेनको निर्देशन रहेको पालाम ‘इरेमफुङ’ सार्वजनिक गरिएको हो ।

पालाम भिडियोमा चित्र माया सङबाङफे, लाल कुमारी लाबुङ, चन्द्र माया तप्मादेन, गोरीमाया तवेबुङ, सरिता ताप्मादेन, तारा मावोहाङ, दिलु थेगिम, थोकफेला लिङदेन, धनराज सङबाङफे, दिल कुमार केरुङ, याम थेगिम, प्रताप फुरुम्बो, योगेन तुम्सा र राजन मियङ, सञ्च सङबाङफेले अभिनय गरेका छन् ।

मनोज साङसोन राईको संगीत संयोजन तथा रेकर्डिङ रहेको पालामको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

मनिता सुव्वाको श्रृङगा र कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको पालाम भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर