पालाम ‘मिम्जिरेन मिक्तोक २’ सुमन र मिराको आवाजमा सार्वजनिक - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पालाम ‘मिम्जिरेन मिक्तोक २’ सुमन र मिराको आवाजमा सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । लिम्बू संस्कृतिमा आधारित पालाम ‘मिम्जिरेन मिक्तोक’ गायक सुमन लिम्बू र गायिका मिरा फियाकको आवाजमा सार्वजनिक गरिएको छ ।

मिरा फियाक र यासेली योङहाङको शप्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलन रहेको पालाम ‘मिम्जिरेन मिक्तोक’ मिारा फियाक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम भिडियोमा निरन्ता नेम्बाङ, मिरा फियाक, गंगा फियाक, एन्जिला नेम्बाङ, पुर्ण लिम्बू, भिम नेयोङ, विक्रम थेवे, तानाम तान्छो लावती र विवस नेम्बाङको अभिनय रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको पालाम भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन र नर्वु तामाङको सहायक छायांकन रहेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर