याक्थुङ फक्ताङलुङ आईडल ३ का उत्कृष्ट १० प्रतिभाहरुको एक हप्ते मुन्धुमी क्याम्पिङ सुरु - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ फक्ताङलुङ आईडल ३ का उत्कृष्ट १० प्रतिभाहरुको एक हप्ते मुन्धुमी क्याम्पिङ सुरु

काठमाडौं । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ का उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुको एक महिने क्याम्पिङ अन्तर्गतको पहिलो चरणको एक हप्ते मुन्धुमी प्रशिक्षण शुक्रबार देखि सुरु भएको छ ।

याक्थुङ फक्ताङलुङ आइडल सेक्फुङ (सिजन)–३ को उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुलाई एक महिने क्याम्पिङ अन्तर्गत पहिलो चरणको एकहप्ते मुन्धुमी प्रशिक्षण क्याम्पिङ सुरु भएको हो ।

पहिलो चरण आयोजक र निर्णायकहरु याक्थुङ साम्लोका एक इतिहास भगत सुब्बा र मुन्धुमका एक नायक यासेली योङहाङसंग परिचयात्मक र साक्षतकार कार्यक्रम सम्पन्न भएको थियो ।

दोस्रो चरणमा प्रशिक्षक प्राज्ञ अमर तुम्याहाङ र साहित्यकार सागर केरुङद्वारा प्रशिक्षण गरिएको थियो ।

यसैगरी आज दोश्रो दिन शनिबार मुन्धुमसाबा गोबिन्द आङबुङ र चलचित्र निर्देशक सागर सुब्बाले प्रशिक्षण गराएका छन् । भोलि आइतबार तेस्रो दिन रैथाने संगीत अध्येता गायिका झुमा लिम्बु र किरात याक्थुङ चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोले प्रशिक्षण गर्ने छन् ।

किरात याक्थुङ चुम्लुङ संघीय कार्यालय शोभाहिटिमा मंसिर ७ गते देखि १४ गते सम्म हुने मुन्धुमी प्रशिक्षणमा लिम्बू गित सङ्गीत तथा मुन्धुमबिज्ञ हरुले प्रशिक्षण गराउने छन ।

याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजना सञ्चालन भईरहेको याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ को उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुमा बिजय फागो वनेम, गगन प्रकाश लावती, मनु योङ्हाङ, अशल तुम्रोक, दर्पण शेर्मा(याम्धान), सुनिता योङ्हाङ, अर्जुन नाल्बो, दिलिप माखिम, सन्जित्रा लिम्बु लाफुन र राजन सेर्मा रहेका छन ।

रैथाने किरात याक्थुङ गित संगीतको सरक्षण सम्बर्द्धन र बिकास गरि मुन्धुमी संगीतको दुनियाँमा नयाँ आयाम थप्ने, नयाँ पुस्तालाई आकर्षण गरी जिम्मेवारी सुम्पने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन) बताए ।

मञ्चले यसअघि फक्ताङलुङ आइडल सेकफुङ १ र सेकफुङ २ सफलतापुर्वक आयोजना गरेकोमा त्यस्कै निरन्तरता स्वरुप ‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मुल नाराका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३’ गायन प्रतियोगिता आयोजना गर्न लागेको र यस अघिनै आवश्यक तयारी समेत सुरु गरेको आयोजक मञ्चका केन्द्रीय अध्यक्ष सेर्माले बताए ।

अध्यक्ष सेर्माका अनुसार उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुलाई एक महिने मुन्धुमी प्रशिक्षणका लागि एक हप्ता भित्रमा जानकारी गराउने बताएका छन् ।

पुरस्कारहरु :

प्रथमपुरस्कार : नगद रु ५ लाख अडियो र भिडियो एल्बम, बिदेश साँगितिक भ्रमण बिजेताको ट्रफी र प्रमाणपत्र ।

दोस्रो पुरस्कार : नगद रु २ लाख पचास हजार, ४ वटा गित अडियो स्टुडियो ल लिप्सिङ भिडियो र एउटा भिडियो, प्रमाणपत्र र रनरअपको ट्रफी । साँगितिक बिदेश यात्रा दुई देशमा ।

तेस्रो पुरस्कार : नगद १ लाख २५ हजार, ३ वटा साम्लो स्टुडियो भिडियो रेकर्डिङ, एक देशमा बिदेश साँगितिक यात्रा साथै सेकेण्ड रनरअपको ट्रफी र प्रमाणपत्र ।

सान्त्वना पुरस्कार : नगद ६० हजार, २ वटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, ट्रफी र प्रमाणपत्र ।

उत्कृष्ट १० लाई : एउटा एउटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, सब टाइटल साथै आकर्षक गिफ्ट ह्याम्पर र प्रमाणपत्र ।

सम्बन्धित खवर