माङसेबुङ । इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ मा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिन(मंसिर १३) कोे सातौं बार्षिक उत्सव मनाइएको छ ।
माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा माङसेबुङमा आज बिहिबार शुभकामना आदानप्रदान कार्यक्रम गर्दै सातौं बार्षिक उत्सव मनाइएको हो ।
किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न सातौं बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि केहेरसिं योङहाङ, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय उपाध्यक्ष होम लिङदेन, गुरु निजी कानुनी सल्लाहकार एन.एस. फागो, सरस्वती मा.बि.का अध्यक्ष किसन खजुम, किरात साम्जिक मुन्धुम निसामहिमका अध्यक्ष मदन इङनाम, प्रधानाध्यापक कल्पना लिङदेन, नन्द नेम्बाङ र बुद्ध नेम्बाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वक्ताहरुले किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा हुनु चुनैतीको सामना गर्नुपरेको स्मरण गराउँदै यो ऐतिहासि कदम चाल्न महत्वपुर्ण भूमिका खेलेका माङसेबुङ ५, का वडा अध्यक्ष नरेन्द्र कुमार राईलाई धन्यावाद दिएका थिए ।
माङसेबुङ गाउँपालिका वडा नम्बर ५, का वडा अध्यक्ष नरेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दोभाषे सचिव सुनिल सेर्माले गरेका थिए ।
यसैगरी सातौं वार्षिक उत्सव कार्यक्रम समापन पछि माङ्सेबुङ ५ नम्बर वडाको १५ वटै टोलहरुमा आज बिहिबार साँझ दिप प्रज्वलन गरि दिपावली समेत गरिएको छ ।
गत २०७५ साल मंसिर १३ गते माङसेबुङ गाउँपालिका वडा नम्बर ५, मा किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा घोषणा गरिएको थियो ।