काठमाडौं । लिम्बु कथानक चलचित्र सुगुपले यसबर्षको राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा विशेष चलचित्र पुरस्कार सहित नगद २ लाख हात पारेको छ ।
चलचित्र विकास बोर्डद्धारा बुधबार साँझ राष्ट्रपति कार्यालय सितल निवासमा आयोजना गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले समारोहमा पुरस्कृत एवम् सम्मानितहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।
समारोहमा स्वागत मन्तव्य राख्दै चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले २०८० सालमा रिलिज भएका चलचित्रहरुबाट जुरीहरुको निर्णयको आधारमा चलचित्रकर्मीलाई पुरस्कृत गरिएको बताए ।
रविन कुमार नाल्बोको मुख्य निर्माण तथा प्रस्तुतीमा बनेको लिम्बू कथानक चलचित्र सुगुप ले यस अघि पनि थुप्रै अवार्डहरु हात पारिसकेको छ ।
सुगुपले केहि समय अघि सम्पन्न एफ एल एफ अवार्ड को चौँथो संस्करणमा सर्बोत्कृष्ट अवार्ड प्राप्त गरेको थियो। त्यसैगरी उत्कृष्ट अभिनयको अवार्ड बबिता नेयोङहाङ र उत्कृष्ट गितकार याशेली योङ्हाङ ले हात पारेका थिए ।
त्यसैगरी दोस्रो इन्टरनेशनल म्युजिक एन्ड चलचित्र अवार्ड २०२४ मा सुगुप बाटै उत्कृष्ट निर्देशक र उत्कृष्ट नायिकाको अवार्ड बबिता नेयोङहाङ र लोकेन साम्बाले प्राप्त गरेका थिए । त्यसैगरी यस अघि पनि सुगुप’ले चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ मा ४ वटा बिधामा अवार्ड हात पारेको थियो ।
पब्लिक च्वाईस अवार्ड, उत्कृष्ट छायांकन,उत्कृष्ट सम्पादन र उत्कृष्ट पार्श्व संगित गरि ४ ओटा अवार्ड हात पारेको थियो । त्यसैगरी पब्लिक च्वाईस अवार्ड सहित नगद रुः ३५ हजार हात पारेको थियो। उत्कृष्ट छायांकन बाट युवराज राई, उत्कृष्ट सम्पादन बिपिन मल्ल र उत्कृष्ट सङ्गीत अशोक लोहोरुङ ले प्राप्त गरेका थिए ।
समारोहमा स्वागत मन्तव्य राख्दै चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले २०८० सालमा रिलिज भएका चलचित्रहरुबाट जुरीहरुको निर्णयको आधारमा यी चलचित्रकर्मीलाई पुरस्कृत गरिएको बताए । उनले चलचित्र विकाश बोर्डमा रहेर आफुले गर्ने भावी योजना बारे पनि प्रकाश पारेका थिए ।
समारोहमा सर्वाेत्कृष्ट अभिनेताको पुरस्कार चलचित्र प्रसाद २ बाट विपिन कार्कीलाई प्रदान गरियो । यस्तै सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार चलचित्र दिमाग खराबबाट स्वस्तिमा खड्काले हाँसिल गरिन् । चलचित्र दिमाग खराब बाटै सर्वोत्कृृष्ट निर्देशकको पुरस्कार निश्चल बस्नेतलाई प्रदान गरियो ।
सर्वोत्कृष्ट चलचित्र सम्पादनको पुरस्कार चलचित्र महाजात्राबाट मित्र डी गुरुङलाई दिईयो । उनीहरुलाई ट्रफी र प्रमाणपत्र सहित पुरस्कार स्वरुप नगद पनि प्रदान गरियो । राष्ट्रपति रामचन्द्र पौडेलले समारोहमा पुरस्कृत एवम् सम्मानितहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।
समारोहमा जुरी पुरस्कारबाट अभिनेत्री तर्फ टुल्कीबाट स्वस्तिमा कार्कीलाई र व्यबसायिक चलचित्र तर्फको पुरस्कार चलचित्र जारीलाई प्रदान गरियो । यसैगरी २०८० सालको विशेष चलचित्र पुरस्कारबाट लक्ष्मण सुवेदी निर्देशित चलचित्र सतीदेवीलाई पुरस्कृत गरियो ।
यसैगरी २०८० सालको सर्वोत्कृष्ट आदिवासी मातृभाषी चलचित्रको पुरस्कार सागर सुब्बा निर्देशित लिम्बु भाषाको चलचित्र लोजिमालाई प्रदान गरियो । आदिबासी जनजाति तर्फ नै विशेष चलचित्र पुरस्कार लिम्बु भाषाको चलचित्र सुगुप र गुरुङ भाषाको चलचित्र मार्कलीलाई दिईयो ।
समारोहमा दीर्घ साधना सम्मानबाट प्रथम नेपाली रंगिन चलचित्र कुमारीकी अभिनेत्री चैतेदेवी सिंहलाई सम्मानित गरियो । नेपाली चलचित्र उधोगमा स्थापना कालदेखि लामो समयसम्म निरन्तर योगदान दिएको भन्दै सो सम्मान प्रदान गरिएको आयोजक पक्षले जनायो ।
यसैगरी सो समारोहमा विशेष योगदान सम्म्मान २०८० बाट अभिनेताद्धय तैयव शाह र बुद्धी तामाङ, कलाकार विधा कार्की, सविता गुरुङ, द्वन्द्व निर्देशक नारायण प्रधान, प्रदर्शक कृष्ण प्रसाद रायमाझी, नरेन्द्र महर्जन, ध्रुब कुमार श्रेष्ठ, चलचित्र निर्माता तथा कलाकार नन्द किशोर प्रसाद श्रीवास्तव, संगीत संयोजक अमुल कार्की ढली र चलचित्र निर्माता भोज बहादुर गुरुङलाई सम्मान गरिएको थियो ।