अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ शुभजन्मोत्सव महासमारोहको तयारी पूरा, रक्षामन्त्री राई आउने - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ शुभजन्मोत्सव महासमारोहको तयारी पूरा, रक्षामन्त्री राई आउने

माङसेबुङ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह तयारी पूरा भएको छ ।

विगतका वर्षझैं यस वर्षपनि धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा विविध कार्यक्रमसहित अङसीमाङ जन्मोत्सव भव्यताका साथ मनाउने तयारी गरिएको हो ।

नुमाङगेन्ना सेवाको अवसरमा वर्षेनी आयोजना हुँदै आएको आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आज सोमबार सम्पन्न भएको खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताएको छ ।

महासमारोह माङसेवा विभागका संयोजक तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अनुसार १६ गते साक्मुरा वादेम्मा सेवा र १७ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न भइसकेको छ ।

शुभजन्मोत्सव कार्यक्रममा प्रमुख अतिथि माननीय रक्षामन्त्री मानवीर राई र विशेष अतिथि माननीय प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ आउनु हुने मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।

कार्यक्रम अन्तर्गत मंगलबार भोलि नुमाङगेन्ना महासमारोह समुद्घाटन, शुभकामना मन्तव्य, आत्मानन्द साहित्य पुरस्कार वितरण, आत्मानन्द गोल्डकपका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण, धन्यवाद आशीर्वचन साथै विशेष महासमारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ७१ जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन हुने आयोजक समितिले जनाएको छ ।

समारोहका अध्यक्ष योङहाङका अनुसार विगतका वर्षझै यस वर्ष अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत आयोजना गरिएको छ । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गर्नुपर्ने छ । नुमाङगेन्ना सेवाको अवसरमा यस प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको छ ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने महासमारोहले जनाइएको छ ।

समारोहका सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अनुसार विगतका वर्षझैं मंसिर १८ र १९ गते साँझ बृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम प्रस्तुत हुने छ ।

सम्बन्धित खवर