शाहिल र दीपाले लिएर आए ‘चासोक फिर्दा’ - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शाहिल र दीपाले लिएर आए ‘चासोक फिर्दा’

  • आन्छुमे नसान

माङसेबुङ । चासोक तङनामको आगमनसँगै गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका दीपा सुहाङ लिम्बूले पुर्वेली लोक भाकामा सजिएको गित ‘चासोक पिर्दा’ लिएर आएका छन् ।

विजय मगरको शव्द संकलन तथा शाहिल लिम्बूको लय संकलनमा चासोक तङनामको अवसर पारेर शाहिल र दीपाले पुर्वेली ‘चासोक पिर्दा’ सार्वजनिक गरेका हुन् ।

एकबर्ष पछि चासोक फिर्दा सोल्टी र सोल्टीनीहरुको भेटपछि पालाम गाएर धान नाँच्ने याक्थुङ संस्कृतिलाई उजागर गरिएको छ । गितमा पालाम समेत समावेश गरिएको छ । पुवेर्ली भाकामा पालाम फ्युजन गर्दा अझै मिठो सुनिएको गितको स्टुडियो भिडियो दामी क्रिएशनले तयार पारेका छन् ।

देवेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङमा विक्रम राई विजय मगर, इन्द्रकला राई र तारा लिङदेनको व्याक भोकल रहेको गित माहोल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

शाहिल र दीप सास्कृतिक भेषभूषा र गरगहनामा सजिएर फिचरिङ गरेको स्टुडियो भिडियो गायिका दीपा सुहाङको अफिसियल युट्युव चयानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर