- आन्छुमे नसान
माङसेबुङ । प्रवासमा रहेर पनि नेपाली गित संगीतलाई सधैं माया गर्ने गितकार दिपेन्द्र खड्काको शव्दमा गायक सुमन केसी र गायिका अनु चौधरीको आवाजमा सजिएको गित ‘कसम तिम्रो मेरो’ सार्वजनिक गरिएको छ ।
रमेश अन्जान कडारियाको संगीतमा गित ‘कसम तिम्रो मेरो’को म्युजिक भिडियो गायक सुमन केसी अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
नितिन चन्दको निर्देशन, सम्पादन र कलर ग्रेडिङमा प्रेम र रोमान्स रहेको भिडियोमा गुराँस ढकाल र विक्रम पोख्रेल (ऋषी)ले अभिनय गरेका छन् ।
सुमन केसीकै संगीत संयोजनमा द पिक स्टुडियोमा दिनेश लाल राजवहाकले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् ।
नुवा सन्देशको छायाँकन, बिद्या कुवँरको मेकअप, मनोज खत्रीको ड्रोन छायाँकन रहेको भिडियोमा रोहित सिं ठकुरीको सहायक निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस…