साविक विजेता एनआरटी इलाम गोल्ड कपको सेमिफाइनलमा - Mangsebung News
  • मङ्गलबार, माघ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साविक विजेता एनआरटी इलाम गोल्ड कपको सेमिफाइनलमा

इलाम । साविक विजेता न्युरोड टिम (एनआरटी) इलाममा जारि दोस्रो इलाम गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा पाहुना टोली दार्जिलिङको गोर्खाल्यान्ड टोरोटोरियल एडमिनिस्ट्रेसन आर्मी (जिटिए)–११माथि २–१ को रोमाञ्चक जित निकाल्दै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

एनआरटीको जितमा नेयमार र मार्टिनले गोल गरे । जिटिएका लागि भाइचुङ राईले एक गोल फर्काए ।

खेलको ३९औं मिनेटमा भाइचुङ राईको पेनल्टी गोलमा जिटिएले अग्रता बनाएको थियो । तर, खेलको ४३औं मिनेटमा नेयमारको गोलमा एनआरटीलाई बराबरीमा फर्काएको थियो । त्यसपछि खेलको ८५औं मिनेटमा मार्टिनले गोल गर्दै एनआरटीलाई २–१ को जित दिलाए ।

खेलको म्यान अफ द म्याच एनआरटीका जय गुरुङ घोषित भए । उनले आठ हजार एक सय रुपैयाँ प्राप्त गरे ।

भोलि हुने खेलमा चर्च बोइज युनाइटेड र त्रिभुवन आर्मी प्रतिस्पर्धा गर्दै छन् ।

सम्बन्धित खवर