सम्बाहाङ्फे उत्थान संघको चौथो महाधिवेशन सम्पन्न, अध्यक्षमा अमृत सम्बाहाङ्फे निर्वाचित - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सम्बाहाङ्फे उत्थान संघको चौथो महाधिवेशन सम्पन्न, अध्यक्षमा अमृत सम्बाहाङ्फे निर्वाचित

  • पदम सुखि सम्बाहाम्फे

धरान । सम्बाहाङ्फे उत्थान संघको ऐतिहासिक चौथो महाधिवेशन तथा बशावलि पुस्तक बिमोचन कार्याक्रम सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ् हिम धरानमा मंसिर २२ र २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति बैरागी काँइलाक(तिलबिक्रम नेम्बाङ)को प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनले पुस्तामा लामो समय सम्म बिबादास्पद रहेकोे सम्बन्धलाई थप दिशा केन्द्रित गर्न अमृत सम्बाहाङ्फेको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

सर्वसम्मत निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धिरेन्द्र सम्बाहाङ्फे, उपाध्यक्षमा राम कुमार सम्बाहाङ्फे, भिम सम्बाहाङ्फे, विजय पकाश सम्बाहाङ्फे, किशोर सम्बाहाङ्फे, रकेट सम्बाहाङ्फे, पेम बहादुर सम्बाहाङ्फे र प्रेम सम्बाहाङ्फे, महासचिवमा बिरेन्द्र बहादुर सम्बाहाङ्फे, सचिवमा उतम सम्बाहाङ्फे र भवानी सम्बाहाङफे, कोषाध्यक्षमा, खङ्क कुमारी सम्बाहाङफे, सह—कोषाध्यक्षमा दिल कुमार सम्बाहाङ्फे रहेका छन् ।

यसैगरी सदस्यहरूमा थाकुहाङ मेरिङ, लीला राज सम्बाहाङ्फे, राम कुमार सम्बाहाङ्फे, बुद्धि सम्बाहाङ्फे, दिनेश सम्बाहाङ्फे, ईक्शा सम्बाहाङ्फे, तिलमान सम्बाहाङ्फे, खडक सुन्दर सम्बाहाङ्फे, हेम बहादुर सम्बाहाङ्फे, जयकुमार सम्बाहाङ्फे, धिरेन्द्र सम्बाहाङ्फे, षडस सम्बाहाङ्फे, मृगेन्द्र सम्बाहाङ्फे, नरेन्द्र सम्बाहाङ्फे, सुकर सम्बाहाङ्फे, नगेन्द्र सम्बाहाङ्फे, मिलन सम्बाहाङ्फे, गिरिश सम्बाहाङ्फे, देबेन्द्र सम्बाहाङ्फे, ईन्द्र सम्बाहाङ्फे, सोम सम्बाहाङ्फे र नरेन्द्र सम्बाहाङ्फे चयन भएका छन् ।

सम्बाहाम्फे बौद्धिक ब्याक्तित्व साथै अन्य थरगत संघ सस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा सम्पन्न महाधिवेशनमा विश्वमा छरिएका सयांै लिम्बुहरु मध्ये सम्बाहाम्फे पनि एक लिम्बु जाति भएको बताइएको थियो । प्रारम्भिक चरणको प्रकाशित वंशावली पुस्तकमा के कति पुस्तामा सम्बाहाम्फे वङ्शहरु रहेका छ्न भन्ने कुरा उल्लेख गरिएको जनाएको छ ।

सम्बाहाम्फे उत्थान संघले २०५२ सालमा आफ्नो सस्थाले बैधानिकता पाएपछि सामाजिक रूपमा सबै जातजाति र संघ सस्थाहरु सङ्ग सदभाव बढाएको प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।

संसार भरि छरिएर बसेका सम्बाहाम्फे दाजुभाइलाइ एकताको सुत्रमा बाँधि सम्बाहाम्फे उत्थान संघ केन्द्रिय समिति र क्षेत्रीय समितिले बिपदमा परेका र आर्थिक अभावले उपचार नपाइ छट्पटीएकालाई भौतिक र आर्थिक सहयोग समेत पुर्याएको पुर्व राज्य मन्त्री डम्बरसिं सम्बाहाम्फेले बताए ।

कार्यक्रममा भएका उपस्थितिले विभिन्न साँस्कृतिक बाजा सहित धरान उपनगरपालिका परिक्रमा गरेको थियो ।

सम्बन्धित खवर