- आन्छुमे नसान
माङसेबुङ । कोरियोग्राफर तथा निर्देशन दिनेश माङमुको निर्देशामा गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका इन्द्रकला राईको आवाजमा मर्मस्पर्शि गित ‘उहिलेको फोटो’ सार्वजनिक गरिएको छ ।
पछिल्लो समय टिपिकल पुर्बेली भाकालाई टपक्कै टिपेर मिठासले भरिपुर्ण गित संगीतको सृजना गर्न माहिर गायक तथा संगीतकार साथै शव्द सृजना गर्नमापनि माहिर शहिल लिम्बूको शव्द तथा संगीतमा सजिएको मनछुने गित ‘उहिलेको फोटो’ को मार्मिक भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा जन्मेपछि नमुरुञ्जेलसम्मको तिता मिठा सम्झना र भोगाईलाई प्रस्तुत गरिएको छ । मरेर गएकि श्रीमतीको पुरानो फोटो बोकेर सिंगो जीवन नै व्यतित गरेका एक पुरुषको याद र सम्झनाहरु समावेश गरेर निर्माण गरिएको भिडियोमा बिष्णु मोक्तान र सुस्निता लिम्बू(मिना) ले जीवन्त अभिनय गरेका छन् ।
बिकास लिम्बूको निर्माण रहेको भिडियोमा मिना नेम्बाङ र एम.के. योङहाङको समेत अभिनय रहेको छ । याङसाङ मुकारुङको सहायक निर्देशनमा सुमन तामाङको छायांकन, कृष्ण सुवेदीको मेकअप, निश्चल कुलुङ राईको कला र अनिल रानाको सम्पादन रहेको भिडियोमा माङमु फिल्मस्को पोष्ट प्रडक्शन रहेको छ ।
देवेश राईको संगीत संयोजनमा माहोल स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
पुर्वेली भाका र पालाम भाकालाई फ्यूजन गरेर तयार पारिएकको मनछुने गितको भिडियो समेत उत्कृष्ट बनेको छ । भिडियो सुस्निता लिम्बू(मिना) अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस…