तेह्रथुम । नेपाल पत्रकार महासंघ तेह्रथुमको अध्यक्षमा टिआर सेनेहाङ निर्वाचित भएको छ ।
जिल्लाको सातौ अधिबेशन अन्र्तगत गत मंसिर २८ गते भएको निर्वाचनमा २७ मतका साथ सेनेहाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकट्तम प्रतिद्धन्दी मनकुमार फोम्बोले १७ मत मात्र पाएका थिए । यसैगरी निर्वाचनबाट उपाध्यक्षमा विनोद भट्टराई, महिला उपाध्यक्षमा सिता आम्बुङ, सचिवमा कृष्ण विदखी गौतम, सहसचिवद्वयमा विकास गुरुङ र जीतलाल लिम्बु र कोषाध्यक्षमा प्रकाश पाक्साँवा निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा अस्मिता सुवेदी, भिमा लिम्बु, तुलसी सिटौला, संजिव प्रसाई र कृष्ण तामाङ निर्वाचित भएका छन् ।
नव निर्वाचित अध्यक्ष सेनेहाङ विगत डेढ दशक यता पत्रकारितामा क्रियासिल रहदै आएका छन् । उनी लिम्बु जातिमा पत्रकार महासंघको जिल्लाकै पहिलो जिल्ला अध्यक्ष हुन् ।