- आन्छुमे नसान
माङसेबुङ । गायिका थोक्फेला लिङदेन र गायक इन्द्रशुसिल लिम्बूको आवाजमा पुर्वेली लोकभामा सजिएको गित ‘शिरबन्दी च्याटै’ सार्वजनिक गरिएको छ ।
मनकुमार लिम्बूको शव्द संकलन तथा इन्द्र शुसिल लिम्बूको लय संकलन रहेको पुर्वेली गित ‘शिरबन्दी च्याटै’ को म्युजिक भिडियो गायिका थोक्फेला लिङदेन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
चासोक तङनामको अवसर पारेर सार्वजनिक गरिएको भिडियोमा डिबी लिम्बूको छायांकन र भिडियामा जुम लेन्स प्रडक्शनको सम्पादन रहेको छ ।
श्याम लिम्बूको संगीत संयोजन तथा रेकर्डिङ रहेको गित श्रद्धा रेकर्डिङ स्टुडियो काठमाडौं र म्युजिक मिडिया धरानमा रेकर्ड गरिएको हो । गितको मिक्सिङ तथा मास्टरिङ भने राजु कार्कीले गरेका छन् ।
भिडियो हेर्नुहोस…