- आन्छुमे नसान
माङसेबुङ । याक्थुङ आइडल सिजन १ का विजेता गायिका पिंकी लिम्बू र गायक बब्लु नेवारको सुमधुर आवाजमा सजिएको लोकगित ‘गुुन्द्रुकको अचार’ सार्वजनिक गरिएको छ ।
हिमांशु शर्माको निर्देशनमा बब्लु नेवारको शव्द तथा निलाई बिबेकको संगीतमा सजिएको लोकगित ‘गुन्द्रुकको अचार’ को म्युजिक भिडियो बब्लु नेवार अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
सुमन श्रेष्ठ र बिटु भुजेलको कोरियोग्राफीमा हिमांशु शर्माको छायांकन तथा सम्पादन, भुमिका कलिता र नयना साइकियाको मेकअप, सानु लिम्बू बेघाको ड्रेस डिजाइन रहेको भिडियोमा बिटु भुजेल, मन नाल्बो सुब्बा, बरुण शर्मा र जोया क्षेत्रीले फिचरिङ गरेका छन् ।
अर्जुन कौशलको संगीत संयोजनमा माया म्युजिक गुवाटीमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ बेदराज शर्मा(सुर सरगम स्टुडियो)ले गरेका हुन् ।
बब्लु र पिंकीको निर्माणमा तयार भएको भिडियोमा खेम बहादुर प्रधान (सीएमडी, ज्ञानज्योती एकेडेमी, गोगामुख) को सहयोग रहेको छ ।
तरुनी र तन्नेरीविचको सवाल जवाफ अनि रोमान्स र आकर्षक नृत्य समावेश गरिएको भिडियोमा नेपाल र नेपालीको माया अनि गोर्खाली साहासीलो हुन्छ भन्ने बयाण गरिएको छ ।
भिडियो हेर्नुहोस…