- पदम सुखी सम्बाहाम्फे
कुम्मायक । पहिचानवादी मोर्चाका सस्थापक केन्द्रिय संयोजक डा. महेन्द्र सुन्दर लावतीले पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्न सक्ने बताएका छन् ।
पान्थरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा शुक्रबार कुम्मायक गाउँ कार्य समिति गठन कार्यक्रममा संयोजक डा. लावतीले सो कुरा बताएका हुन् ।
डा. लावतीले भने, ‘हामीमा पार्टीको कुनै गन्ध छैन, तसर्थ देश बनाउने बागडोर अब आदिवासी जनजाति पहिचानवादी मोर्चालाई जिम्मा दिए हुन्छ ।
बहुसास्कृतिक पहिचानबादी राज्य स्थापना गरी ठुलो दलहरूलाई तह लाउनुपर्न्रे डा. महेन्द्र सुन्दर लावतिले पनि बताए । उनले आदिवासी जनजाति मुलका पहिचान बादी दलहरु दलित शिल्पि जातिहरुसङ्ग बुद्धिजीवी विभिन्न सरोकारवाला संघ संगठनहरु पहिचानवादी मोर्चाबन्दी आन्दोलनमा सहभागी हुने क्रम जारि रहेको बताए । ठुलो दल भनाउदा एमाले काङ्ग्रेस माओवादी पार्टीहरु भ्रष्टाचारको दलदलमा फसिसकेकाले यि पार्टीका नेताहरुबाट निष्ठावान जनमुखी बिकास आशा र भर पर्नु भनेको दिवास्वपन मात्र हुने पनि उनको भनाई थियो ।
कहिले लिम्बुवान, कहिले जसपा, कहिले जनमुक्ति पार्टीको कुरा गर्यौ तर, मुद्दा भने एउटै पहिचानवादको थियो हामी त्यहीँकुरामा अलमलिएको कारण भ्रष्टहरुले फाइदा लुट्दै हामीलाई लाटा बनाउने जारि छ भन्दै अव जनमुखी पहिचानबादलाई मुलुकमा सशक्त रूपमा स्थापित गर्नुमा आम समुदायहरु एकजुट हुनुको विकल्प नभएको खगेन्द्र माखिमले बताए । घर मात्रै ठुलो भएर नहुने तर समुदायको मौलिक पहिचान मुल्य मान्यता र स्वभिमान मेची महाकाली सम्म नउठे राष्ट्र समृद्ध नहुने पनि माखिमको भनाइ थियो ।
ब्यक्तिगत स्वार्थमा लिप्त भएर सिङ्गो पहिचानको मुद्दा माथि शिर्षष्त नेताहरु बाट नै कुठाराघात भएकोले पहिचान बादी मोर्चाको अब नयाँ प्लेटफम आवस्यकता भएको बताइएको थियो । नेपालको अर्थतन्त्र ,राजनीतिक तथा शैक्षिक अवस्था मुलुकमा धरासायि बन्दै गएको र एकल नश्लिय वाद बहुसास्कृतिक बहुजातिय इतिहास बोकेको राज्यले रैथाने आम नागरिकका हकहितलाइ सम्बोधन गर्न नसकेको सङ्घिय मोर्चाका केन्द्रिय सदस्य केदार धिमालले बताए ।
तारानाथ सम्बाहम्फेको संयोजकत्वमा र इन्द्रकला लावती र अमरकुमार लावतीको सह—संयोजकत्वमा २१ सदस्यीय पहिचानवादी मोर्चा कुम्मायक गाउँ कार्य समिति गठन भएको छ ।
यसैगरी सुनिता लावतीको संयोजकत्वमा र सरस्वती नेम्बाङको सह—संयोजकत्वमा ११ सदस्यीय महिला पहिचानवादी मोर्चा कुम्मायक गाउँ कार्य समिति गठन भएको छ ।
पहिचानवादी मोर्चाका सस्थापक केन्द्रिय संयोजक डा, महेन्द्र सुन्दर लावती, सह संयोजक ज्ञान बहादुर गुरुङ र सङ्घिय केन्द्रिय कार्यलय बिभाग सदस्य खगेन्द्र माखिमको प्रमुख उपस्थितिमा भएको सो कार्यक्रममा पहिचानको मुद्दालाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल भएको थियो ।