- आन्छुमे नसान
माङसेबुङ । सगरमाथा आरोही शुसिल सेर्मा लिम्बूको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको मर्मस्पर्शी गित ‘पाप्मै मेन्सुक्पेन’ सार्वजनिक गरिएको छ ।
सँगै पढे सँगै खेल पनि तिम्रो यादले कति सताउँदा पनि कुरा हुनै सकेन, बोल्नै सकिन थाहै नपाई नबोलीनै माया बसेछ भन्ने भावहरु समावेश गरिएको मर्मस्पर्शी गित ‘पाप्मै मेन्सुक्पेन’ को भिडियो शुसिल सेर्मा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
बिनोद याक्खाले तयार पारेको भिडियोमा ओमी चेम्जोङको अभिनय रहेको छ भने, बाल कलाकारमा अङसु प्रतापजंग सेर्मा लिम्बूले अभिनय गरेका छन् ।
देबेस राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका छन् ।
भिडियो हेर्नूृहोस…