यस बर्ष सुन्तला उत्पादन व्हात्तै घट्यो रानिगाउँमा - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यस बर्ष सुन्तला उत्पादन व्हात्तै घट्यो रानिगाउँमा

  • पदम सुखि सम्बाहाम्फे

कुम्मायक । पाँचथर जिल्लाको दक्षिणी भेगमा रहेको कुम्मायक गाउँपालिका स्थित वडानम्बर ४ को रानिगाउँमा गतबर्ष भन्दा यस बर्ष सुन्तला उत्पादनमा गिरावट आएको छ ।

सुन्तला फुल्ने र फल लाग्ने समयमा किटनाषक औषधिको प्रयोग गरिएता पनि किसानले आशा गरे जस्तो सुन्तलाको बोटमा फल लाग्न नसकेको कृषकहरु बताउछन् ।

सुख्खा क्षेत्र घोषित यस भेगमा पर्याप्त बर्षादको अभावका कारण धान खेति हुन नसकेको बर्षौ भएतापनि नगदे बालीको रूपमा रहेको सुन्तला खेतिले केहि हदसम्म यहाँका किसानको जीविका चलेको थियो । रानिगाउँको तल्लो भेग खाम्ले डबले क्षेत्रमा सुन्तलाको बोटनै मर्न थालेपछि किसानहरु निराश छन ।


माथिल्लो भेगका राजु खतिवडाले पोहोर साल करिब ४ लाख रुपैयाँमा बेचेको सुन्तला यसबर्ष त्यै बगानमा मुस्किलले १ लाख साटिने बताउछन् ।

त्यस्तै जङ्गप्रसाद र भुपेन्द्र सम्बाहाम्फेको पनि उहि हालत छ । गतबर्ष २ लाख रुपैयाँमा बेचेको सुन्तला यसबर्ष ब्यापारीहरुले ७० हजार रुपैयाँ मात्र मुल्यांकन गरेको उनीहरुको दुखेसो छ ।

यसैगरी केशर सम्बाहाम्फेले पनि बर्षेनि ३ देखि ४ लाख रुपैयाँ सम्ममा बेचेको सुन्तला सधैंको अनुपातमा यसबर्ष मुल्य पाउन नसक्ने उनि बताछन ।

ब्यावसायी बिष्णु बोहोरा र कोषराज सम्बाहाम्फेका अनुसार यस क्षेत्रमा मात्र सुन्तला उत्पादन खस्किएको हो अन्य ठाउँ गाउँमा दोब्बरले सुन्तला फलेको कुरा सुनाउँछन ।


स्थानीय सरकारले समय समयमा कृषि प्राविधिक परामर्श तथा औषधि ब्यावस्थापन गर्ने गरेको छ सो अनुसार किसानले सुन्तला खेति गरेता पनि उत्पादनमा गिरावट आउदा यस भेकका किसान चिन्तित छन ।

 

 

 

सम्बन्धित खवर