- आन्छुमे नसान
माङसेबुङ । निर्देशक तथा कोरियोग्राफर दिनेश माङमु लिम्बूको निर्देशनमा गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका तथा कलाकार मीरा फियाक लिम्बूको आवाजमा बिल्कुलै नयाँ गित ‘चारखोले कान्छी’ सार्वजनिक गरिएको छ ।
लक्ष्मी नाम्लाक्पा नेम्बाङको शव्द तथा शाहिल लिम्बूकै संगीत रहेको गित ‘चारखोले कान्छी’ म्यूजिक भिडियो मीरा फियाक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
दिनेश पराजुलीको छायांकन, साइना तामाङको कोरियोग्राफी, पुनम चौधरीको मेकअप र अनिल रानाको सम्पादन रहेको भिडियोमा यासेली योङहाङ, पुर्ण सेलिङ, उदय बेघा, पुर्ण साँवा, विवस नेम्बाङ, अभि राई, मीरा फियाक, निरन्ता नेम्बाङ, मीना लिम्बू र पुष्पा लिम्बूले अभिनय गरेका छन् ।
राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितको रेकर्डिङ भने किङ्ग स्टुडियोमा गरिएको हो ।
भिम नेयोङको निर्माणमा बनेको भिडियोमा माङमु फिल्मस्को पोष्ट प्रडक्शन रहेको छ ।
पछिलो समय पुर्वेली लोक लयमा पालाम हाक्पारे लयलाई फ्यूजन गरि लय संकलन गर्न माहिर शाहिल लिम्बूले यस गितमा पनि लोक लय सँगै पालाम लयलाई फ्यूजन गरि तयार पारेका छन् ।
भिडियो हेर्नुहोस…