माङसेबुङ इक्ला संस्करण–३ को डिजिटल अडिसन धमाधम हुँदै - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ इक्ला संस्करण–३ को डिजिटल अडिसन धमाधम हुँदै

माङसेबुङ । माङसेबुङ इक्ला संस्करण ३ गायन प्रतियोगिताका लागि डिजिटल अडिसन धमाधम हुँदै छ ।

गायन प्रतिभा भएर पनि मञ्चको पर्खाइमा रहेका प्रतिभाहरुको लागि गत पुस १ बाट डिजिटल अडिसन सुरु भएको हो ।

प्रतियोगितामा सहभागि हुन इच्छुक प्रतिभाहरुका लागि गत पुस १ बाट सुरु गरिएको डिजिटल अडिसन पुस २५ गतेसम्म हुने आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष लेखनाथ चेम्जोङले जानकारी दिएका छन् ।

शनिबार माङसेबुङमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक संस्था किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले माङसेबुङ इक्ला गायन प्रतियोगिताको विषयमा जानकारी दिएका हुन् ।

किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष लेखनाथ चेम्जोङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पान्जुम्भोका निवर्तमान अध्यक्ष तथा किरात इङसेका सम्पादक ज्ञानु केदेम, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह सचिव आङबुहाङ अबोध अविरलको उपस्थित रहेको थियो ।

यसैगरी सञ्चारकर्मीहरुमा माङसेबुङ न्युज डट कमका सह सम्पादक आन्छुमे नसान, किरात आवाजका कार्यकारी सम्पादक योगेश लाओती, साक्थिम्गेन पान्जुम्भोका सचिव दिलिप माखिम, सह सचिव लाबुनहाङ केरुङ, कोषाध्यक्ष मनप्रसाद चेम्जोङ, गुरु निजी आश्रम अर्थ समितिका सचिव मिलन लाओती र सह–सचिव अनिल थोप्रा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर