- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूले पछिल्लो गित आफ्नै शव्द, संगीत तथा आवाजमा ‘एउटा सपना’ लिएर आएका छन् ।
पप आधुनिक फ्यूजनमा तयार पारिएको मनछुने गित ‘एउटा सपना’ को म्युजिक भिडियो गायक आङदेम्बेले आफ्नै अफिसियल युट्यूव च्यानलबाटै लिएर आएका हुन् ।
विनोद याक्खाको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोमा पुर्ण साँवा लिम्बू, मुना चेम्जोङ र तारा लिङदेनको अभिनय रहेको छ ।
एकै नजरमा माया बसेको प्रेमिल कथा प्रस्तुत गरिएको भिडियोमा तुलसा लिम्बूको मेकअप रहेको छ ।
गित देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने, मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका छन् ।
भिडियो हेर्नुहोस…