- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार गोविन्द चेम्जोङ लिम्बूको संगीत तथा आवाजमा पे्रमिल गित ‘जारी’(तरेमा ज्यु) को म्युजिक भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।
विक्रम योङहाङ मुहिङको शव्द तथा कथा र निर्देशनमा पे्रमिल गित ‘जारी’(तरेमा ज्यु) को म्युजिक भिडियो सेप्माङ पिल्मस युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भुपेन योङहाङको छायांकन, छिमी तामाङको मेकअप र अर्जुन खड्काको सम्पादन र कलर रहेको भिडियोमा रीया लामा र अभि राईको अभिनय रहेको छ ।
दामी क्रिएशनको पोष्ट प्रडक्शनमा फुङसो जबेगु र उत्तम योङहाङको सहायक निर्देशन रहेको भिडियोमा युगल लिम्बू, विवेक राई, दिल कुमारी कन्दङवा राई (कोकु)ले समेत फिचरिङ गरेका छन् ।
गितमा पुस्कर खत्रीको मिक्सिङ, मास्टरिङ तथा एरेन्ज छ । रेकर्डिङ फाइन स्टुडियोमा भएको हो ।
पुर्वेली मौलिक भाकामा जारी गरि विवाह गर्ने चलनलाई टपक्कै टिपेर मौलिक कथा प्रस्तुत गरिएको मनमोहक गितको भिडियो दर्शकहरुको रोजाइ बन्न सक्छ ।
भिडियो हेर्नुहोस…