थोक्फेला र आधारको किरात अशिष भजन ‘यो घरमा आज’ सार्वजनिक - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोक्फेला र आधारको किरात अशिष भजन ‘यो घरमा आज’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायिका थोक्फेला लिङदेन र गायक आधार तुम्बापोको आवाजमा किरात अशिष भजन ‘यो घरमा आज’ को म्युजिक भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

सेवारो युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गित ‘यो घरमा आज’ मा मानध्वोज थुलुङ राईको शव्द तथा आधार तुम्बापोको संगीत रहेको छ ।

किसोर पतंवाको परिकल्पनामा डि.बी. लिम्बूको छायांकन र कृष्ण थलङको सम्पादन रहेको भिडियामा थोक्फेला लिङदेन, चित्रमाया सङबाङफे, सम्निमा बान्तावा राई, नैनकला मेन्याङबो, भिम बहादुर गुरुङ, सन्तवीर थोप्रा र याम थेगिमको फिचरिङ रहेको छ ।

गित सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड गरेका छन् । गितमा मिक्सिङ, मास्टरिङ र एरेन्ज देबेश राईको रहेको छ ।

धार्मिक पर्यटकिय स्थल माङसेबुङमा छायंकन गरिएको नयाँ बर्ष २०२५ को अवसरमा सार्वजनिक गरिएको भिडियो दर्शकहरुले रुचाउनु हुनेछ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर