माङसेबुङमा किरात खिबेक्वा याक्वा सेवाको महत्वबारे अन्तक्रिया कार्यक्रम सम्पन्न - Mangsebung News
  • मङ्गलबार, भदौ ०९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा किरात खिबेक्वा याक्वा सेवाको महत्वबारे अन्तक्रिया कार्यक्रम सम्पन्न

माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक महापर्व खिबेक्वा याक्वा सेवाको महत्वबारेमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती मा.बि.को सभाहलमा किरात इत्नामको नवौं शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय उपाध्यक्ष होमबहादुर लिङदेनले किरात धार्मिक महापर्व खिबेक्वा याक्वा सेवाको महत्वबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

किरात कम्युनिटि अर्गनाइजेशन अफ अमेरिकाले प्रायोजन गरेको नवौं श्रृंखला कार्यक्रममा तुम्याहाङको रुपमा सदाझैं किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङ रहेका थिए ।

कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि नन्द नेम्बाङ, इन्द्रहाङ आङदेम्बे, नरेन्द्र थेगिम र दिलकुमार केरुङलगायतले टिप्पनी गरेका थिए । यसैगरी अन्त्यमा किरात धार्मिक महापर्व खिबेक्वा याक्वा सेवाबारे तुम्याङहाङको रुपमा रहेका माङगेन्ना अध्यक्ष योङहाङले समेत प्रष्ट्याएका थिए ।

हरेक महिना विभिन्न विषय अन्तर्गत रहेर कार्यक्रमको आयोजना गदै आइरहेकोमा यसअघि किरात इत्नामको आठौँ शृङखला गत मंसिर १५ गते मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनज्यूको माङसिवाखाहुन र सान्दर्भिकता बारे प्रस्तोता नन्दकुमार नेम्वाङद्वारा प्रस्तुत गरिएको थियो ।

किरात मल्टिमिडिया, किरात चोत्लुङ मिडिया प्राली, किरात आवाज डटकम र इङघङ मिडियाद्वारा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको विचार, विमर्श, ज्ञान र अनुभवहरु व्यक्त गर्ने साझा कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर