- विक्रम फागो वनेम
मंसिर अंकको बाँकी अंश…
अब देखिनको फुटबल खेल मैदान मनिपुर–मझुवा गाउँको चनौंटेबारी रे भन्ने एकान–दोकान हल्ला चल्यो । त्यहीँ हल्लाहरुकोबीच, चनौंटेवारीको खेतधनीले गर्धन काटेपनि खेल्न नदिने रे भन्ने हामीहरु आयोजक समिति कहाँ नि अरे र भरेको हल्लाहरु आईपुग्यो । उक्त खेल मैदान तोक् लागेको खेत/जग्गा हेर्न त गएका थियौं तर त्यसको जग्गाधनीसँग अनुमति स्विकृतीको लागि दोहोरो संवाद गर्न जान बाँकी नै थियो । त्यसको तयारीको लागि वार्ता/संवाद समिति चयन गर्दै थियौं । परन्तुः त्यस्तो अकाट्य नमिठो कुरा सुनेंसी, सम्बद्ध हामीहरु आफै जग्गाधनी भेट्न गयौं । पुज्य गुरुज्यूको नुमाङगेन्ना सेवा विशेष वहाँको मिङ्सो ओ, यसपटक देखि फुट्बल खेल खेलाउँन शुरु गर्नेबारे वेलिविस्तार राख्यौं । गर्धन काटोस्, मर्न तयार छु भन्ने ? जग्गाधनी आदरणीय ब्यक्तित्व प्रसादसिं योङहाङ (८३ बर्ष) ज्यूले हार्दिक सम्मानका साथ पुज्य गुरुज्यूको मिङ्सो/नाममा खेलकुद राख्ने विषय प्रसंगले गुरुज्यूप्रति अगाध श्रद्वा प्रकट पोख्नु हुँदैं सहर्ष स्विकृति प्रदान गरी दिनु भएथ्यो ।
वहाँको मञ्जुरीमा खेतबारी प्रयोग गर्ने हकमाचाहिँ धानबालीहरु आफै उठाउँने, बिगो, हर्जना र खेतजग्गा प्रयोग गरेबापत केहीँ पनि रकम–कलमहरु नलिने सम्बोधन निर्णय गर्नु भो । बरु पछि असारको धान रोप्ने समयमा भत्काईएका खेतका आलीहरु भने पुनः आलीहरुचाहिँ जस्ताको तस्तै बनाईदिन सहयोग माग्नु भो । बस्, वहाँको दिलदार उद्वारमनलाई अन्तर– हृदयबाटै अगाध भारी श्रद्वाका साथ नमन औं आभार ब्यक्त गर्यौ ं। यथार्थमा जग्गा/खेतलाई खेल मैदानको रूपमा प्रयोग गर्ने र सदाको खातिर कब्जा या नियन्त्रणमा लिने भन्ने खालको गलत प्रचार–अनि मिथ्या भ्रमहरु सुनाईएको र फगत बुझेको कारण वहाँको त्यस्तो अभिव्यक्तिहरु आएको हो र थियो । स्मरण रहोस्, श्रद्वेय उनै ब्यक्तित्व (स्व.प्रसादसिं योङहाङ) आज इतिहासमा समाधिस्थ विस्मृत बनिसक्नु भएको छ । अपितुः हार्दिक कदर औं सम्मानार्थ माल्यपर्णले एकमुठ्ठी श्वास छंदाताक्नै चीर स्मरणीय अगाध श्रद्वा स्वरुप भारी सम्मान गर्नु पथ्र्यो । दुर्भाग्य सम्बद्ध माऊ संस्था लगायत खेलकुद आयोजक समितिले यसतर्फ एकरत्ति ध्यानाकर्षण गर्न सकेनन् । किन्तुः ज्युँदो छंदा त सम्झन सकिएन रे, भन्न र गर्न भ्याईन रे लौ, तर कम्तिमा वहाँले गरेको/लगाएको औंधी गुन र सहयोगको गुणकारी सेवा त भूल्न र मार्न त सकिन्न होला नि ? जो मार्न र मास्न खोजेपनि इतिहास बनेसी त्यो कसैले न मार्न न मास्ननै सक्नेछन् । अनि के त, वहाँको मरोणोप्रान्तपछि पनि हार्दिक सम्मान गर्न सकिन्न र ? यो मानेमा चाहिँ उस्तै बढो विस्मतमयी अफसोंच र भारी दुःख लागेको छ । अन्तः फेरि भन्नुहोला, कारोबार लेनदेन् फल्नाहरुले गर्ने, त्यसको किस्ता र ब्याज हामीले बुझाई दिनुपर्ने? आरे..! हामीलाई के बाल ? भन्ने पो कतै लाग्ला की ? जे होस् वहाँले गर्नुभएको उद्वार सेवा सहयोगको ऐतिहासिक दस्तावेजीकरणमा कैद बनिसकेको छ । सम्माननीय ब्यक्तित्व, स्व. प्रसादसिं योङहाङ ज्यूप्रति अगाध श्रद्वा सुमन ब्यक्त गर्दछु/छौं ।
ट्रफी स्क्याच निर्माणको स्वरुप र कष्टदायी अभाव
रेसको घोडा झैं द्रुतगतिमा खेलकुदको काम–कार्वाहीहरु अघि बढाउँदै लगियो । एउटा विभाग÷डिपार्टहरुको बाधा–अड्चनहरु फुकायो फेरि अर्कोको गाँठोहरु फुकाउँन तयारी गर्नु पथ्र्यो । बाः समस्यै–समस्याहरुले जकटिन्थ्यौं । जो देखि सही नसक्नु थाकैथाक् लाग्थ्यो/हुन्थ्यो । सबै भन्दा जरुर कार्यचाहिँ ट्रफी निर्माणको स्क्याच तयार पार्नुथ्यो । जो फुटबल विजेता टिमलाई पुरस्कार स्वरुप दिनुपर्ने छ । ट्रफीको स्क्याच र त्यसको सौन्दर्य फिगर अर्थात स्वरुप कस्तो रहने ? कस्तो किसिमको बनाउँने हो ? भन्नेमा कुनै परिकल्पनाहरु उन्न र बुन्न सकिरा थिएनौंं । जुन निर्माणाधीन नयाँ ट्रफीमा कम्तिमा एक तोला सुन र बिसौं तोला चाँदी राख्नुपर्ने गुरु निजी आश्रमबाट जानकारी प्रवाह भएकोथियो । अतः त्यहीँ सुन र चाँदीले ट्रफीको फिगरलाईचाहीँ साजसज्जाको रूपमा मोडिनु पर्छ भन्ने सामन्य भ्यु अफ् ड्राफ्ट स्क्याचचेन् कोर्यौं ।
अब फसाद पर्यौं त्यो एकतोला सुन कसरी जुटाउँने ? मतलब त्यो सुन किन्न सक्ने स्रोत के हुने ? तत्कालै आर्थिक रकम संकलन गर्ने अवस्था नि रत्तिभर थिएन । उतिबेलाको सुनको भाऊ जसै महंगो नै हो । तोलाको २५ न की ३० हजार रुपैयाँ पुगेको थियो । त्यो समयको ३० हजार रुपैयाँ जुटाउँनु÷हुनु भनेको हँदै गाह्रो विषय थियो । सहयोग दानमा सौ, पाँच सौ र हजार रुपे पाउँनै मुश्किल हुन्थ्यो । यसको चिन्ता र छट्पटी जति हामीलाई लागेथ्यो, माऊ संस्थाको हकमा एकरत्ति पिरोलो देखिन्न थियो । ऊ त आदेश तोक् दिएर मौंन विचरणमा लीन् भए झैं देखिन्थ्यो । यो कलमी बबुरोज्यानलाई भने अत्यास र छ्ट्पटावटले पानी–पानी बनाएथ्यो । फेरि पसिनाले विस्तारै निथ्रुक्कै भिजाउँदै लान्थ्यो, भने चिरिक्–चिरिक् मुत् आउँन खोज्थ्यो । जसको सामना गर्नु त छँदैंथ्यो तर राहतको हकमा तत्कालै निकास थिएन । यस्तो प्रसव पीडाको अवस्था भोग्दाको क्षणहरु कस्तो थिए होलान् ? लैलै..!
भन्नुपर्दा खेलकुद कार्यक्रम आयोजनाको कार्य तालिका/सेड्युलहरु त तयार गर्यौं, तर अफसोंच त्यसको ब्यबस्थापन पक्ष अर्थात परिपुर्ती गर्नुपर्ने आर्थिक ब्यायभारहरुको जिम्मेवारी पनि थाप्लोमा डल्लै न थियो । गधा जस्तो एकोहोरो भारी मात्र बोक्नु परेको भा, वा बोकाई दिएको भए त, भारी गर्हौ भो भन्नुपर्ने नै थिएन के । भारी पनि किन्नुपर्ने, बोकी दिनुपर्ने अनि समान बाँडीपनि दिनुपर्ने थियो । कार्यक्रम आयोजनाको आर्थिकभार लाखौं रुपेको थियो, दुर्भाग्य संस्था वा गोजीमा सुक्को थिएन । गर्ने के ? माङको काम । माङको ईत्छा । माङले चिताए पु¥याउँछ भन्ने माङवाणीमा कामकाजहरु भने नन्स्टप जारी नै थियो । स्रोत नीतिहरु निर्माणमा अविलम्ब कार्यान्वयन गर्न गराउँन, अभिलेखिकरणमा अभ्यस्त रहियो । र स्रोत परिचालनहरुमा नि तिब्रताका साथ जोड दिइएको थियो । घाम अस्ताउँदै थियो । माऊ संस्थाको कार्यालय (माङगेन्ना समिति) तिर उनै मूल आयोजक समितिका प्रमुख टाउके ज्यूहरुलाई भेट्न जाँदैथें । उनीहरुको नि मिटिङ चल्दैथियो । तत्कालीन माङगेन्ना कोषाध्यक्ष देउमान आङबुहाङ ज्यूसँग कार्यालय प्राङगणमा जम्काभेट भो । मुख खोल्नु भो काका खेलकुदको नयाँ ट्रफी बनाउँनेबारे के कसो हुँदैंछ नि ? चिन्ता र अभाव मिश्रित सोधनी जिज्ञासा् थियो । (वहाँको मावली युयु बोजुचाहिँ वनेममा हुनुभएकोले सदा साईनो नाताले सम्मान–पुर्वक काका भनेर सम्बोधन गर्नुहुन्छ ।) जवाफमा निरुत्तरपूर्ण बोलें, तत्कालै कहिँकतै ऋण स्वरुप पनि राहत रकम मिल्न सकेनन् । त्यहीँ समस्या निकासको मन्थन गर्न आएको हो कोषाध्यक्ष ज्यू भनें । वहाँले आफ्नो हातको औंलामा लगाउनु भएको बेरुवा औँठी खोल्नु भो र दिनु भो । साँझ बेलुकी घर निस्कन निम्तो नि दिनु भो । घर गएँ । बेलुकीको भान्छा पनि त्यहीँ खाएँ । एकपोका चाँदीको गर–गहनाहरु हातमा थमाई दिनु भो । लु अहिलेलाई यसैले तत्कालीन समस्याहरु टार्दै गरौं है भन्नू भो । वाह..! कत्रो दिलदार भएको उद्वार मान्छे हुनुहुन्थ्यो । संस्थागत उल्झनलाई निजी स्वमित्व सम्पतिहरु मार्फत संस्थाको संकट मोचन गर्न हरदम सहयोगरथ रहनु हुने देउमान ज्यूप्रति नतमस्तक् बनेथें । सदा आत्मामनमा वहाँप्रति अघोरै श्रद्वा र सम्मान चुलिरहयो ।
कार्यक्रम सञ्चालनको लागि त्यस्तो महासंकट्मा वहाँले आर्थिक भारको पुरै काँध थापी दिएपछि दायित्व भारहरुले किचेको/थिचेको आत्मामनको काँधहरु त्यसै–त्यसै चङ्गा झैं हलुको भएर आएको एहेशास भएथ्यो । देउमान ज्यूले पर्शनल रूपमा एक तोला सुन र त्यस्तै १२–१५ तोला चाँदी तोम्मा गर्नु भएको हो, र थियो । चाँदी थपको लागि ५–७ जना शुभेच्छुक अनुयायी ज्यूहरुलाई स्पोन्सर स्वरुप सहयोगदान मागेथें । उसताक् चाँदीको मूल्य त्यस्तै एकडेढ सौ रुपे थियो होला । भन्नुस् त, देउमान ज्यूको पर्शनल हकमा कति आर्थिक भारहरु सिंगो संस्थाको लागि एक्लै बोकी रहनु भो । आखिर त्यहीँ चाँदीको एक तोला टुक्रा सौजन्य चढाउँन अन्य शुभेच्छुक अनुयायीहरुलाई उस्तै कति गार्हो लागेको थ्यो । जुन ट्रफी तयारीको निम्ति हार–गुहार सबैसँग भिक्षा झै मागेथें । अतःजसको भोलिपल्ट एकाविहानै दमक हिंडेरै झरें । सुविधाको लागि यातायात सेवा काफी थियो । के गर्ने ? आफ्नो बशमा थिएन । गोजीमा एक– सुक्को थिएन । दमकदेखि पनि धरानसम्म नयाँ ट्रफी निर्माणको लागि जाँदै गरेको हो । दमकबाट टेकवीर जीसँग धरान गयौं । गाडीभाडा वहाँलाई नै बोकाएँ । धरानको आर्ट अफ ग्यालरी उद्योगमा निस्क्यौं । ट्रफीको मोडेलहरु हेर्यौं र च्वाईज् गरिएको ट्रफी मोडेललाई हामीहरुको मोडेल डिजाईनमा त्यो एक तोला सुन र बीस–बाईस तोला चाँदीसँग मिक्स र फ्युजन मोडेल स्वरुपमा ट्रफीको मौलिक लुक्समा सुन्दर फिगर देखिने गरीको उतार्ने आर्ट्समेनलाई अर्डर दियौं । बाँकी सहायक ट्रफी लगायत अन्य झिना–मसिना मेड्लहरु पनि त्यहीँ आर्ट्स ग्यालरीबाटै लिने निर्णय गर्यौं । उक्त ट्रफी, न्यु मोडेल लुक्समा चोला फेरेर तयारी हुँदा ३२ हजार रुपैयाँ लागत खर्च लाग्ने भाथ्यो । ट्रफी बन्ने पक्का भो । तर, त्यो ३२ हजार रुपैयाँ चाहिँ कहाँ छ ? समस्या फेरि जन्म्यो । बल्लतल्ल सावधान गर्यो । फेरि त्यहीँ सावधान निकासबाट अर्को समस्या फुत्त बाहिर निस्कन्थ्यो । अन्तः उहीँ फेरि नि ट्रफी लिन आउँने दिन फत्र्याक्–फत्र्याक् हुनु त जसै छ्ँदैं नै थियो । उफ !
आर्ट्समा ट्रफीको अनुहार र अनिंदो रात
आर्ट्स ग्यालरी उद्योग धरानबाट ट्रफीको न्यु मोडेल रुपको फोटो÷तस्बिर ल्याएथें । कपडाको ब्यानरमा उक्त ट्रफीको फिगर उतार्नु थियो । आर्ट्सको लागि बहुत सुन्दर कुचीकार थिए, गजहाङ लावती जी । उनी कुचीकारको रूपमा रंगहरु खेलाउँन ज्यादै माहिर छन् । अक्षरहरुसँग रंगहरुलाई आर्ट्स कला मार्फत संयोजन गर्नसक्ने लोभलाग्दो प्रतिभाको धनी हुन् उनी । शैक्षिक योग्यताको दक्षतामा दरिने उनी, कुहिरे भाषा बोल्न र लेख्न उस्तै अब्बल लाग्छन् । लामो समय प्रवासमा मलेसिया रहेकोले त्यहाँको भाषा पनि गज्जबले बोलेको सुन्थें । उनलाई आफ्नो मौलिक भाषा, लिपि र मुन्धुममा झनै दख्खल र अब्बलता नहुने त कुरै भएन क्यारे । यथार्थमा उनको जीवनशैली र हाउभाउहरुलाई नियाँल्नेहरुले उस्तो दक्ष, अब्बल र कला पारखीको प्रतिभाशाली ब्यक्ति र ब्यक्तित्वको रूपमा भने देख्दैनन्ए/करत्ति ठान्दैनन् । उसो त उनको आफ्नै छुट्टै कहर र संसार छ कठै..!
स्मरणमा उन्नुपर्दा, गजहाङ जीसँग नालीफूङ्वा कार्यालयमा डेढ दशक लामोसँगै समिपमा रहयौं । जसको वायोग्राफी नबुझ्ने, नजान्ने त कुनै विषयगत कुरै रहेनन् । माङसेबुङ बसाईँको भिडभाड्मा नजिकैबाट उनलाई चिन्न र चिहाउँन सक्ने त्यो दुर्लभ व्यक्ति यो कलमी बबुरो भन्दा पर सायदै होलान् । उनको प्रतिभा र कलालाई सदा–सर्वदा सम्मान गर्छु । त्यतिकै उनको कायाचोलालाई पनि औधी प्रेमभाव दर्शाउँछु । माङसेबुङ ज्यान हाजिर हुँदा र पुग्दाखेरी उनलाई नभेटी, दर्शनभेट नगरीकन फर्किन्न । माङसेबुङमा यी गजहाङ साथीको प्रतिभा र कलाको सम्मान नहुनु/नदेखिनु र उनलाई स्नेहमयी/लुङहाप्मा नगर्नु अनि चिन्नुमा अनदेखा ब्यहोराहरु देखाउँनु धार्मिक क्षेत्रमा ज्याँदै निर्मम् दुःखद पक्षहरु हुन् । उनको हकमाचाहिँ अहोभागी हुँदा हुँदैंपनि दुर्भाग्यताको पराकाष्ठा बन्न पुगेको यथार्थता हो ।
अतः कुचीकार स्नेही गजहाङ जीसँगको साक्षात्कार गराएँ । पुनः यथार्थ अवस्थामा मोडिएँ/जोडिएँ । आफ्नै नालीफुङ्वाको कार्यालयमा ट्रफीको फिगरलाई ब्यानरमा रंगसँग उतार्न थालेथे । ट्रफीको आकृतिलाई कपडाको ब्यानरमा ठूलो आकारमा बनाउँनुथ्यो । उक्त ट्रफीको सुन्दर फिगर उतार्नु उनले रातभर लगाए । जुन रातभर लाग्नु स्वभाविक नै थियो । उनको आर्ट्समा ट्रफीको अनुहार निस्कन्दै ंगर्दा यो कलमी बबुरोज्यान भने विरामी कुरुवा जस्तो सदर साक्षी बसे थियो । ट्रफीको मोडेल फिगरलाई पुर्णता दिन त्यसको रंग रुपको चित्रण गर्न र वयानमा रंगहरु खेलाउँन यसो दिशा निर्देश गरी टोपल्थे । जसै ट्रफीको सिंगो अनुहार उतारेर भोलि सम्पन्न हुने खेल मैदानमा आत्मानन्द फुटबल रनिङ गोल्डकप खेलकुदको पहिलो र बहुमुल्य नयाँ ट्रफीलाई पुरस्कारको रूपमा सार्वजनिक गर्नुपर्ने थियो । गजाहाङ जीले बढो सुन्दर र कलात्मक रुपले रातभर जागा रहेर तयार पारी दिनु भाथ्यो । विशेष त, उनको कार्यशैली भने केही ढिलो गतिमा कुची चलाउँने गर्छन् ।
तथापी कलाभित्र फिनिसिङमा भने कमेन्ट् गर्ने ठाउँ दिदैंनन् र रहन्न पनि । उस दिन ब्यानरमा नयाँ ट्रफीको अनुहार उदय हुनुले र सार्वजनिक गर्नुपर्ने जिम्मेवारी दायित्व भारहरु रहनुले लम्बिन्दो रात कतिखेर उज्यालो भो, पत्तोसम्म भएन । अनिदों रात काटेको÷बसेको कुनै पत्तो नै भएन छ । अचेल कहिँकतै खेलकुद देखें/हेरें भने, उसदिन र रातको खुब यादहरु आउँछन् । र त्यो ट्रफीको आर्ट्स र गजाहाङ जीलाई उस्तै बेस्कनै सम्झन्छु । कहिलेकाहीँ अनिंदो भाको एहेशास हुँदा अहिले नि त्यहीँ रात काटेको अनिंदोहरु यद्यपी त्यसै ज्युँदै छ जस्तो लागि रहन्छ । ती दायित्वभारहरु सम्हालेको उसदिनहरु कति कठोर, जब्बर र निर्दयी थिएछन् । अहिले स्टोरेज भएको मेमोरी खप्परबाट पुनः त्यो रि–चेक् गर्ने र रिमेम् गर्ने हो भने भारी गम् खान्छु । आङभरी सोलाहरु हान्न थाल्छन् र उसै नि क्लान्त हुन्छु ।
खेल मैदान स्थलमा भोग्दाको निर्दयी क्षणहरु
खेल मैदान उसै नि खेतबारी न थियो । अस्तब्यस्त अवस्थामा लम्पट् थियो । धानबालीहरु काटिसकेर निकाली सकेथ्यो । गराको आलीहरुमा च्याम्बिन÷भट्मास र दालहरुको झ्याङहरु भने त्यसै ठाडै थिए । पाकुञ्जेलसम्म पर्खन एकरत्ति समय थिएन । उनै खेत धनीले सबै काट्ने आदेश दिनु भो र तिनीहरुसँगै आलीहरु नि भत्कायौं÷उखेल्यौं । गराहरुसँगैको ती आलीहरु भत्काएर सम्याउँनु पथ्र्यो । जसोतसो सम्याईयो र खेल मैदानको स्वरुपमा बदलेउँ । ग्राउण्डको आकार उति ठूलो निस्कन सकेन । स्क्याभेटर लगाउँन सक्दा, त्यसको आकारहरु जति नि बढाउँन सकिन्थ्यो । अफसोंच त्यो अवस्था थिएन । बल्लतल्ल सेभेन् (७) साईजको ग्राउण्ड अर्थात खेल मैदान जबर्जस्त तयार पारियो । भन्नुको मतलब सात–सात जनाको फुटबल टिम खेलाडीहरु मात्र खेल्न र खेलाउँन सकिने भाथ्यो । हामीहरुको सोंच र प्लान त उहीँ पूरापुर एलेभेन (११) साईज कै गरौं/खेलाऔं भन्ने नै लागेकोथ्यो । दर्शकको हकमा ग्राउण्डको त्रिकोण किनाराहरु प्याराफिटको रूपमा खेतको गराहरु आफैमा अर्गानिक अवस्थामा काफी थिए । अतः माङसेबुङ हाङसाम मुजोत्लुङ माङहिम परिसरबाट खेल मैदान पुग्न भौगोलिक अवस्था र दूरीले उति टाढा जस्तो नलागेपनि त्यो दुर्गम अनकण्टार भित्र रहेथ्यो । यातायात सेवा सुविधाको हकमाचाहिँ फाल्गुनन्द मार्ग (दमक–रबी) सड्कले घर्ती दोभानदेखि दुई अढाई कि.मी. माथि र भञ्ज्याङदेखि उत्तिकै दूरीमा रहेको लामीटार मुनि पुच्छारसम्म छुन्छ । त्यहाँसम्म यातायात सुविधा हुने र खेल मैदान पुग्न करिबन ५–७ मिनेटसम्म लाग्दो हो । फिरः त्यस्तो सुविधा भने माथि माङहिम परिसरबाट भालुटार हुँदै खेल मैदान आउँनलाई सिर्फ गोरेटो बाटोहरु भन्दा अर्को विकल्पै थिएन । बाटो–घाटोहरुको सेवा सुविधाहरु पर्याप्त नभएकोले साह्रै कष्टदायी सास्तीहरु भोग्न पुगेको हो ।
अतः खेल मैदान तयारी गर्ने क्रमदेखि नै हामीहरु एकप्रकारले भन्नुपर्दा, झोलीतुम्लीहरु बोकेर बसाईँ–सराईँ जस्तै सरेका थियौं । दिनभर र राती आँखाले देखेसम्म कामहरु गथ्यौं । खाने बस्नेको बासहरुनै त्यहीँ स्थलमा हुन्थ्यो । साँझ ढल्कन थालेसी, चिसो सिरेटो बहन्थ्यो । ओछयाउँने र ओढ्नेहरुले सिरेटोहरु उति छेक्न सक्दैनथ्यो । रातभर काँप्दै गुजुमुजु डल्लो परेर रातहरु गुजार्नु पथ्र्यो । सिरेटो काट्न र न्यानो तापक्रम राख्नलाई मुढाहरु थुपारेर आगो बालेर ताप्थ्यौं र आगो नजिकै ओछ्याँन हाल्थ्यौं अनि ईम्मा/सुत्ने प्रयास गथ्र्यौं । यो रातहरु यसरी नै गुजार्ने शैलीहरु खेलकुद कार्यक्रम रहेसम्म निरन्तर जारी रहि रह्यो । चनौंटेबारीको रंगरुप खेल मैदानको स्वरुपमा बदली सकेथ्यो । सो ग्राउण्डमा बाँसको घानाहरु ओसार्ने, पोलहरु गाड्ने नेटजालीहरु लगाउँने, लाईनमार्क रंग भर्ने आदि–इत्यादीको सम्पूर्ण कामहरु ओके भइसकेका थिए । उक्त खेलमैदान श्रृङ्गार–पटारहरुले हेर्दा हेर्दै, एउटी नयाँ सिम्बोसामा मेन्छ्याँ/बेहुली जस्तै सुन्दर बन्दै गएथ्यो ।
उद्घाट्न/शुभ–मुहुर्त, त्यसको प्रभाव र सन्देश
चनौंटेबारी एउटा रंगशाला/स्टुडियम हलको स्वरुपमा सुन्दर देखिन्थ्यो । खेलकुद अन्तर्गत खेलहरुको लोकप्रिय बादसाह मानिने फुटबल खेलको उद्वघाट्न एवं शुभ–मुहु्र्त हुने सम्पन्न कार्यक्रममा पूजनीय धर्मगुरु आत्मानन्द लिङ्देन सेईङ् ज्यूको गरिमामय देवागमन रहने र विराजमान देवासन हुने भएको थियो । प्रमुख तरेवा/पाहुना मार्फत पूज्यगुरुज्यूको आफ्नै मिङ/नामबाट उद्वघाटित् श्री आत्मानन्द फुटबल रनिङ गोल्ड्कप –२०६५ एउटा ऐतिहासिक कालजयी खेलकुदको रूपमा शुभराम्भ भएको घोषणामा सरिक् हुनुहँुदैं थियो । गर्दै हुनुहुन्थ्यो । त्यो दिन साँच्चिकै एउटा ऐतिहासिक कार्यको थालनी गर्न गएको सम्बोधन र शुभ–सन्देशको प्रवाह गर्ने विशेष दिन थियो । कार्यक्रम स्थलमा पहिलो पटक घोषणा र उद्वघाट्न खेलकुद कार्यक्रममा आम–शुभेच्छुक दर्शकको अचाक्ली भीड्भाड जम्मा भएथ्यो । कार्यक्रममा देखिएको विछट्टै रौंनकताले लोभलाग्दो आस्थाको प्रेममयी अगाध श्रद्वा चुल्याउँथ्यो । त्यो परिदृश्यहरुले खेल मैदान तयार पार्दाको दुःखदायी कष्ट र सास्तीहरु सबै मानसपट्लबाट भागी सकेथ्यो । त्यो दूरगामी प्रभाव पार्ने अभियान कार्यको रुपान्तरणले ती दुःखद क्षणहरु आफै भुलिन्थे/विर्सिन्थे । के यो हामीहरु आफैंले आयोजना गरेको रंगशाला हो ? भन्ने भ्रान्तिको मनोभावहरुले किन–किन आफैप्रति कोईशन मार्क चिन्ह तेर्साउँथ्यो । कार्यक्रम स्थलमा दर्शकको भीड्ले खुट्टा राख्न सक्ने ठाउँहरु थिएनन् ।
विशेष त, खेल मैदान परिसर भित्र पुज्य गुरुज्यूको देवासन मञ्च तयारी बनेथ्यो । आमन्त्रित तरेबा/तरेमा पाहुनाहरु लगायत अन्य शुभेच्छुक तरेबाहरुको आसन ग्रहण गर्ने मञ्च पनि निर्माण भइसकेको थियो । कार्यक्रमको प्रमुख तरेबा/पाहुना, खेलकुद विकास समिति, इलामका तत्कालीन अध्यक्षज्यूबाट कार्यक्रमको समुदघाट्न गर्नु भाथ्यो । अत एवः परम् पुजनीय धर्मगुरुज्यू गुरुनिजी आश्रमबाट पैदल हिंडेरै खेलकुद स्थलमा देवागमन हुनु भाथ्यो । र त्यसको साथसाथै खेल मैदान स्थलको निरीक्षणहरुसँगै केहीबेरको लामो समयतक् कार्यक्रम मञ्चमा देवासन गर्नुभएको थियो । आमन्त्रित पाहुनाहरु सबैले शुभकामना मन्तब्यहरु ब्यक्त गरेका थिए । अतः पुज्य गुरुज्यूले उदघाट्न–सत्रको अन्त्यमा आशीर्वचन तोम्मा गरिदिनु भएको थियो । आशीर्वचन प्रदान गर्ने क्रममा खेलकुदसँग आफ्नो नाम होईन यो क्षेत्रको विकास, किरात धर्मसँगको आस्था र दर्शन अनि नव जवान तन्नेरी युवापुस्ताहरुसँग जोडी दिन चाहेको सदिच्छा ब्यक्त गर्नुभएको थियो । आफ्नो नुमाङगेन्ना सेवा/शुभ–जन्मोत्सव कार्यक्रमसँग शुभराम्भ भएको र जोडिएको हुनाले प्रस्तुत खेलकुद कार्यक्रमले लोकप्रियताको चर्चा–परिचर्चाहरु बटुल्दै/कमाउँदै जान सक्ने, साथै भोलिको दिनहरुमा शनैःशनैः राष्ट्र–अन्तर्राष्ट्रिय क्षेत्रहरुसँग पनि कुनै दिन जोडिन्दै जाने छ भन्ने आशीर्वचन प्रकट गर्नुभएको थियो । भने गुरुज्यूले उदघाट्न–सत्रको पहिलो फुटबल म्याचको नजर दृष्टि र रश्वादान ग्रहण गरिदिनु भएको थियो । स्मरण रहोस्, प्रस्तुत यो म्याचमा पहिलोपटकनै जम्मा १६ वटा संस्थागत फुटबल टिमले सहभागिता जनाएको थियो । फलतः पहिलो चरण र संस्करणको खेलकुद आयोजनाले एउटा दर्विलो युनिटी शक्ति निर्माण गर्नमा बल प्रदान गर्न सघाउ पुर्यायो/गर्यो । त्यसले लोकमा ज्याँदै लोभलाग्दो सञ्चार प्रवाह गर्यो । भने, संसारभर शुभ–सन्देशहरु छर्न र बस्तुगत रूपमा इमेजिङ परिदृश्यहरुको शक्तिशाली छाप र प्रभावहरु छोड्न सफल बनेथ्यो । जसको जारी निरन्तरताले अहिलेपनि खेलकुदप्रति क्रेजको गरिमा र कार्यक्रमको लोकप्रियताले उस्तै सौन्दर्यताबोध थपेको एहेशास गराउँन पुगेको छ ।
पकिलिराम.टिमको चर्चा र फुटबल म्याचको बढ्दो क्रेज
शून्य समयावधिको अवस्थामा पनि फुटबल म्याचमा १६ टिमले संस्थागत रूपमा ईन्ट्री दस्तखत गरेथे । खेलकुद सम्बन्धि नियामवली आचार संहिताहरु, अलिखित र मौखिक मात्र रहेथ्यो । सहभागी टिमको क्लब/संस्था अनिवार्य दर्ता भएको हुनुपर्ने, उमेरको हदबन्दी, टिममा जर्सी अनिवार्यता, खेलाडी संख्या तोक्, ईन्ट्री–फी बुझाउँने, टिमभित्र एउटा फुटबल पनि हुनुपर्ने साथै प्रत्येक वर्ष एउटै टिमले (संस्था÷क्लब) रेगुलर तीन म्याज/खेलहरु जित्न सफल बने/भए, ट्रफी जफत हुने, सो नभएको खण्डमाचाहिँ कम्तिमा ३० दिनतक् आफ्नो टिममा उक्त ट्रफी स–सम्मान राख्न पाउँने र उक्त ट्रफी पुनःआयोजक कहाँ वापस ल्याईए बापत, विजेता टिमको माङगेन्ना/शीर उठाउँनी भेटी स्वरूप पाँच हजार (५,०००/–)रुपैयाँ जतिसिक् बुझाउँने भन्ने, शर्तनामा राखिएको थियो । सहभागी १६ टिमको खेल टाईसिट् पो बनाउँनु त्यति सहज भने थिएन । तैपनि टाईसिट् तयार गरियो र सार्वजनिक ट्रान्स गर्ने, अनि सम्बद्ध सहभागी क्लव/टिमहरुलाई सूचना जानकारी दिने कार्यहरु द्रुतगतिमा गर्यौं । फुटबल म्याचको उदघाट्न मिति, लोकेशन/स्थान र समय तोकहरु सूचनाहरु मार्फत जानकारी दिई सकेथ्यौं । जुन म्याच दिनमा दुई चरणमा, ४ टिमलाई खेलाउँथ्यौं । सहभागी टिम धेरै भएकोले १६ गते जसै फाईनल म्याच गर्नैपर्ने बाध्यताको कारण दिनमा दुई–दुई टिमहरुलाई खेलाउँनै पथ्र्यो । फुटबल म्याचहरु बढो आकर्षणको साथ चलिरहेथ्यो । खेलकुद मैदानभरी रमिता हेर्ने, सपोर्टमा हुटिङ लगाउँने अनि ताली र सिटीहरु फुक्ने दर्शकको ओईरो घुईचों लागेथ्यो ।
अन्तः म्याचहरु हुँदैं जाँदा बीचमा एउटा अनदेखा टिमले ईन्ट्री मार्छ । जसको रहस्योदघाट्न रोचक बन्न पुग्यो । जुन रहस्मयी परिवेशको अवस्था सिर्जनाबारे आफू र लाखमान जीलाई भन्दा पर, कोही कसैलाई नि थाहा भएन । कतै मनकुमार जीलाई चाहिँ थाहा थ्यो की ? भन्ने हो । मनोज जीलाई त पक्कै थाहै छैन/भएन । यो म्याचको रहस्योदघाट्नको अवस्था सिर्जना तयार गर्नुहुने मुख्य पात्र गजेन्द्र योङहाङ जी हुन् । उनी स्थानीय साविक मझुवा गाउँकै रैथाने खेलप्रेमी युवा खेलाडी नै हुन् । लाग्छ उनी आफ्नो टिनेजर उमेरको उर्लन्दों बैंशकालमा एउटा लोभलाग्दो फुटबल खेलाडी बनेथे/थिए सायद । फुटबलप्रतिको उनको मोह र क्रेज देख्दा त्यस्तै लाग्थ्यो । त्यो म्याचमा उनी आफै एउटा टिमको संयोजक/क्यापटेन् बनेर ईन्ट्री गरेथे । फेरि खेल सञ्चालक टोलीलाई, उनी आफैं आयोजक समिति भए झैं बेश्कनै सहयोगीको रूपमा जिम्मेवारी भूमिका पनि निर्वाह गरेथे । दुर्भाग्य एकदिन उनले संयोजन गरेको टिमले खेल हार्नु पुग्यो । ट्रफी उचाल्ने दाउमा ईन्ट्री मारेको उनले अन्याँसै दाऊ पल्टेन र नमिठो लाग्नेगरी बाजी हार्न पुगेथे । खेल मैदानमा उनको रुपरंगलाई हेर्दा, ज्यादै निराश र उदास देखिन्थे । तैपनि खेल मैदानको ग्राउण्डमा उनको स्वयंसेवी सहयोगी भूमिका त उस्तै हामीहरु समान नै जारी नै देखिन्दो थियो ।
अतः फेरि यहीँ म्याचमा दोहोरो बाजी मार्ने दाऊमा अर्का दोस्रा पात्र थिए, ली–तोङ । उनको वास्तविक नामचेन् टीका लावती थियो । उनी पान्थर कुरुम्बाका हुन् । लि–तोङ नाम,राख्नुको पछाडि उनको हकमा राजनीति भूमिगत नाम थियो सायद । यिनले आफ्नो दुबै नाममा टिम संयोजक/क्याप्टेनको रूपमा ईन्ट्री दस्तखत गरेथे । पहिलो क्लब/संस्थाको ईन्ट्री गरेको नाम थाहा भएन । त्यसबेलाको अभिलेखिकरण गरेको रजिस्ट्रार दर्ता खाताहरु हेरे यकिन थाहा हुने नै थियो । त्यसको लागि सो सरी भन्न चाहन्छु । अर्को दोस्रो ईन्ट्री गरेको संस्था थ्यो, पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्च दुई (संस्था/क्लब) ईन्ट्री, एकै संयोजक/क्याप्टेन । यिनको पनि दाउ जसै एउटाले हारे, अर्कोले जित्ने भन्नै नै थियो । अन्ततः यिनको नि पहिलो टिमले हार्यो । उनको दोस्रो टिम ब्याकअप सञ्चयको रूपमा छँदैं नै थियो । खेल पहिलो चरणमा चलिरा थियो । जसको पालो आउँदैथ्यो । अफसोंच लि–तोङ आफ्नो पहिलो टिम हारेपछि, खेल मैदान छाडेछ्न् । अब उसको दोस्रो टिम नभएसी नेट्गोल हान्नुको विकल्पै थिएन । यसको सुईको र गन्ध थाहा पाएका अर्का खेलाडी गजेन्द्र जीले सुटुक्कै कान भर्नु भो, काकाबुवा लि–तोङ जीको खाली पोलमा म टिम ल्याउँछु र खेलाई दिन्छु भन्ने प्रस्ताव राखे । गजेन्द्रजी साईनो सम्बन्धले उहीँ ससुराली खलक् परिन्थ्यो । खेलको नियम ज्वाईं– चेलोले होस् की, बौ–आमाले वा देशकै प्रधानमन्त्रीले भनोस् स्वीकार्य कुरै थिएन । बढो असमञ्जसमा परें । गजेन्द्रजीचेन्, भालेले पोथी फकाए जसरी केनेक्–केनेक् गरीरा हुन्थे । ग्राउण्ड सेरोफेरो जहाँ–जहाँ जान्छु, त्यहीँ–त्यहीँ बाः पछ्याई रहन्थे । आफू खेलको नियमहरु मिच्न हुन्न भन्नेमा थें । उनले वाक्क– दिक्क पारेसी, सचिव लाखमान जीलाई सेयर गरे ं। वहाँले ग्रीन–सिग्नल दिनु भो । ईन्ट्री गरौं, विवाद हुन्न । त्यहीँ नाममा टिम न हुनुपर्ने हो, जो हामीहरु आयोजक बाहेक कस्लाई के थाहा हुने, विक्रम जी ? भनेर सचिव जीले लुरुक्कै पार्नु भो र नियम मिच्नमासँगै सती जानमा राजी गराउँनु भएथ्यो । जुन टाईसिट्को पोलमा नेट्वल हुदैंथ्यो । त्यो पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चको नाममा थियो । ग्रीन– सिग्नल पाएसी गजेन्द्र जीले तुका– तु एकसे–एक, दक्ष र अब्बल खेलाडीहरु सहितको एकथान टिम ल्याए र ग्राउण्ड्मा शो गरे । खेलमा एउटा कायापलट् नै ल्याई दियो र खेल चम्कियो । जुन उनले ल्याएको टिमले खेलकुदको गरिमा र आकर्षणको क्रेज नै ह्वात्तै वढाई दिएथ्यो । उक्त खेल मैदानमा पहिलोपटक पकिलिराम.भन्ने संस्था वा क्लबको नाम आम–दर्शकले सार्वजनिक सुनेथे । खेल र खेलाडीहरुले ज्यादै रोचक बनाई दिएपछि, पकिलिराम.खेलाडीहरु र गजेन्द्रजी संयोगबस् एका एक बोल्ड– हाईलाईट्मा चर्चा चुलिएथ्यो ।
अतः यो परिवेशको सिर्जना गर्नुहुने जस्/श्रेयको हकदार लि–तोङ जीलाई नि जान्छ । भने त्यस्तो अवस्थालाई मौका/अवसरको रूपमा ग्रहणगरी साहस बटुल्ने गजेन्द्र जीलाई त हार्दिक स–सम्मानको साथ माङसेबुङ चक्रपथ रथयात्रा नै गर्नुपथ्र्यो । जसले आत्मानन्द फुटबल रनिङ गोल्ड कपलाई चर्चाको शिखरोन्मुखमा पुर्याउँने र राष्ट्रिय कदको छवि बनाएका सुन्दर स्ट्राइकर खेलाडीहरुलाई भित्र्याउँनुमा र खेल मार्फत किरात धार्मिकस्थलको गरिमा अनि माङगेन्ना फोङमा/शीर उठाई दिनुमा यो त्री–नेम् (पकिलिराम. सम्बद्ध खेलाडी, गजेन्द्र योङ्हाङ) बढी जिम्मेवार र हकदारहरु हुन् । यसको सम्पूर्ण जस्/श्रेय र गुण लगाईदिने सर्वोच्च ब्यक्ति/ब्यक्तित्व उनै गजेन्द्र जी हुन् । उनको हकमा यतिको सार्वजनिक रुपमा उनले, पुर्याउँनु भएको अथाह सहयोग र योगदानको मुक्तकण्ठले तारिफ, प्रशंसा र कदर स–सम्मानको निम्ति अभिव्यक्ति अनि कलमी हस्ताक्षरहरु गर्नैपर्छ । जसले आफ्नो सर्वोश्व श्रीसम्पतीहरु बन्धकी राखेर, सबथोक गुमाएर थाप्लोभरी साहुहरुको ऋणै–ऋणहरु बोकेर निःस्वार्थ रुपले आफ्नो एउटा सानो जीतको कृति राख्न र खेलको सौन्दर्यता गरिमा बढाई दिने त्यस्तो ल्याकत औं साहस कसले बटुल्न सक्छ ? त्यस्तो पराक्रम कार्यहरु सम्बद्ध क्षेत्रमा कोही कसैले सक्यो होला ? हो त्यहीँ मानेमा नै गजेन्द्रजीले गर्नु भएको समर्पण त्याग र योगदानलाई हामीहरुले कहिल्यै भुल्न सकिन्न र हुन्न भन्न खोजिएको हो र थें । अपितुः उनले लगाएको यो अकथनीय कालजयी गुण र ऋणको मोचन गर्न, सम्बद्ध माऊ संस्थाले र खेल आयोजक समितिले उनको कदर स्वरुप सम्मान गर्न,गराउँन पनि सविनय ध्यानाकर्षण गराएँ ।
स्मरण रहोस् की, गजेन्द्रजीको पछिल्लो टिम पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चलाई छोटो नेमलिष्ट्मा पकिलिराम.भनेर सम्बोधन गर्ने मान्छे नि आखिर त्यहीँ खेल संयोजक र यहीँ कलमी ज्यान न रहेथ्यो । आम–दर्शकको बुझाईमाचेन् यो नाम ईटहरी पर्तिरको पकली भन्ने ठाउँको होला भन्ने थिएछ । भन्नैपर्दा र सुन्नैपर्दा, आश्चर्यलाग्दो र विडम्बनापूर्ण कुरो चाहिँ के रहेथ्यो भने, यो छोटो रुपको नाम (पकिलिराम.) स्वयंम् आधिकारिक पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चका सम्बद्ध प्रमुख नेता र सदस्यगणहरुलाई शुद्व एकरत्ति थाहा रैन छ हौउ । आफै उदेक् मानें र घतलाग्दो कुरो लाग्यो । जब उनीहरुलाई सुनाएँ, उनेरुँ आफै नि तिनछक्क परेथे । जबकी उनीहरुको राजनीति दल/पाटी सम्बन्धीको विधान नियामवलीमा आफ्नो दलको नामलाई छोटकरीमा फल्ना नामले पनि राखिने वा सम्बोधन गरिनेछ भन्ने अनिवार्य हुन्छ । तर, अफसोंच विधान मस्यौदामै रहने तथ्यगत विषय उपर अज्ञान् र अञ्जान देखिन्दाचेन् देश भन्दा ठूलो राजनीति मुद्दाको नेतृत्वचेन् कसरी गर्दैछन् ? भन्ने हो के । काशः तो, पकिलिराम.ले यहीँ राजनीति मुद्दाको छाप भन्दा आत्मानन्द फुटबल रनिङ गोल्डकपको एउटा कालजयी यादगार र शानदार जीतको छापहरु छोडेर आम–दर्शकको मन–मनमा बस्न सदा–सर्वदा बाँच्न सफल बनिरहयो, अस्तु..!
(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको पुस अंकमा प्रकाशित लेख हो)