नेपाल–चीन सिमाना तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल–चीन सिमाना तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

माङसेबुङ । आज बिहान नेपालमा महसुस भएको भूकम्प नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प गएको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।

यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ । नेपालमा थप विवरण आउन बाँकी छ । चीनमा भने भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ ।

तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

सम्बन्धित खवर